ललितपुर, २८ बैशाख २०८१
नेपालमै पहिलो पटक बी एण्ड बी अस्पतालले रिभर्स शोल्डर रिप्लेसमेन्ट शल्यक्रिया गरी ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ ।
वरिष्ठ डा. नागमणि सिंह र AKB Center का अनुभवी तथा दक्ष शल्य चिकित्सकहरूको नेतृत्वमा भएको यो अग्रगामी शल्यक्रियाले नेपालको स्वास्थ्य सेवाको परिदृश्यमा महत्त्वपूर्ण फड्को मारेको छ ।
प्रा. अशोक कुमार बाँस्कोटा (Chairman -AKB Center and Medical Director B&B Hospital), Department of Anesthesia, बी एण्ड बी अस्पताल परिवार तथा AKB Center का सम्पूर्ण टिमको अतुलनिय साथ र प्रोत्साहनले गर्दा यो ऐतिहासिक शल्यक्रिया सफलताको साथ सम्पन्न भएको डा. नागमणि सिंहले बताए। सन् १९९७ देखि हरेक किसिमको स्वास्थ्य सेवा प्रदान गर्दै आएको बि एण्ड बि अस्पतालले सफलताको साथ उपचार गर्दै आइरहेको छ।
काँधको गम्भीर बिरामीहरुलाई नयाँ आशा प्रदान गरेको यस नवीन शल्यक्रियाले रिप्लेसमेन्ट शल्यक्रियामा नेपालको बढ्दो विशेषज्ञतालाई पनि थप हौसला हुने डा. सिंहले बताए।