काठमाडौं, ११ मंसिर २०८१
साँखूस्थित वि.स. २०७६ सालमा शंकरापुर नगरपालिकाका पूर्व नगरप्रमुख सुवर्ण श्रेष्ठले उद्घाटन गर्नु भएको इन्द्रनारायणी अस्पतालमा अहिले बिरामीको चाप बढ्दै गएको छ।
१० बेडको नगर अस्पतालमा विशेषज्ञ चिकित्सक सहित २८ जना कर्मचारीले सेवा दिइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर भट्टले जानकारी दिए ।
डा. भट्टका अनुसार नगर अस्पतालबाट हाल जनरल सेवा देखि माइनर शल्यक्रिया, भिडियो एक्सरे, प्रसुती तथा स्त्रीरोग सेवा, बालरोग सेवा, हर्निया, हाइड्रोसिल र नाक कान तथा घाँटी रोग सम्बन्धि सेवा दिईएको छ। विशेषज्ञ चिकित्सकबाट उपचार गर्न पाउने भएपछि नगरबासीहरुले खुशी व्यक्त गरेका छ्न।
नेपाल मेडिकल कलेज जोरपाटी बाट ४ जना विशेषज्ञ चिकित्सक हरुले मङ्गलवार र बिहीवार सेवा दिन आउने गरेको अस्पतालका एमडिजिपी डा. गौरव पौडेलले जानकारी दिए।
डा. पौडेलका अनुसार विशेषज्ञ चिकित्सकमा रेडियोलोजी, बालरोग विशेषज्ञ, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र नाक, कान तथा घाँटी रोग विशेषज्ञ आउने गरेका छन् ।
अस्पताल दिनहुँ ४० देखि ५० जना बिरामी आउने र जसमध्ये दैनिक १० देखि ११ जना इमर्जेन्सी बिरामी आउने गरेको डा. पौडेलले बताए।
शंकरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले हाल पुरानै भवन बाट सेवा दिदै आएको र छिट्टै नयाँ भवन बाट बिरामीलाई सेवा दिने बताउनुभयो।
धितालका अनुसार अस्पतालमा गत साल देखि स्वास्थ्य बिमा लागू गरेतापनी ५० प्रतिशत बिमा नगरपालिकाले खर्च व्यहोरेको छ। शंकरापुर बासीले उपचार गर्न जादा वर्षको १७५० मात्रै स्वास्थ्य बिमालाई तिर्ने गरेको छ।
यसले गर्दा नगरबासीलाई उपचार गर्न सहज र सरल बनेको छ।
नगरपालिकाको सहयोगमा तत्कालै आँखा को सेवा सुरु गर्ने भएको छ। नागरिकलाई सेवा नपुगेको खण्डमा नगरपालिकाले सुस्मा कोइराला मेमोरियल अस्पताल संग सम्झौता गरि आगोले पोलेका बिरामी, ओट तालुका बिरामी र बेड स्वर भएका बिरामीको सम्पुर्ण उपचार निशुल्क गरिने भएको धितालले बताए।
गरीब तथा असहायहरुलाई नगरपालिकाको सिफारिस अनुसार उपचारमा छुट्को पनि व्यवस्था गरेको छ।
नगर अस्पतालले हाल सम्म लगभग ५ हजार भन्दा बढी बिरामीको उपचार गरिसकेको छ।