धनगढी, २३ मंसिर २०८२
सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र सम्मानित भएका छन्।
कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. मिश्रलाई आज सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य सेवा सुधारमा निरन्तर सक्रिय रहनु हुने डा. मिश्रलाई सम्मान प्रदान गरेका थिए।
डा. मिश्र सुदूरपश्चिम क्षेत्रमा लामो समयदेखि बालरोग उपचारमा ख्याति कमाइरहनु हुने चिकित्सक हुन्।
अहिले पनि सेती प्रादेशिक अस्पतालमा नियमित सेवा दिइरहन उहाँको समर्पणले बालबालिकाको स्वास्थ्य सुरक्षा अझ मजबुत बनेको बताइन्छ।
डा. मिश्र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालकको रूपमा स्वास्थ्य सेवा विस्तारमा जुटिरहनु हुने चिकित्सक समेत हुन्। उनको मेहनत, प्रतिबद्धता र मानवीय सेवाका कारण सुदूरपश्चिमका हजारौँ परिवारले समयमै उपचार पाउँदै आएका छन्।











