कैलाली, २२ कात्तिक २०८२
सेती प्रादेशिक अस्पतालको रेडियोलोजी बिभागले विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार धनगढीमा प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको छ।
सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । अस्पतालको रेडियोलोजी विभागले “इमेजिङ्ग उत्कृष्टता मार्फत स्वास्थ्य सेवामा सशक्तीकरण” भन्ने नाराका साथ शुरु भएको प्रभातफेरीले उपमहानगरका विभिन्न ठाउँको परिक्रमा गर्दै सेती अस्पतालको प्राङ्गणमा पुगेर समापन गरिएको अस्पतालका रिडियोलोजी बिभाग प्रमुख डा. निरज अर्यालले बताउनुभयो ।
डा. अर्यालका अनुसार नोभेम्बर ८ लाई एक्स–रेको प्रतिपादन (आविष्कार) भएको दिन मानेर विश्वभरका रेडियोग्राफरहरूले दिवस मनाउन शुरु गरेको हो।
सुदुरपश्चिम प्रदेशमा लामो समयदेखि रेडियोलोजी क्षेत्रमा सेवा पुर्याउँदै आएका अग्रजहरूले प्रभातफेरि कार्यक्रम गरेर यस वर्षको विश्व रेडियोलोजी दिवस मनाएको डा. अर्यालले बताए।
बिगत तीन वर्ष देखि सेती प्रादेशिक अस्पतालको रेडियोलोजी विभागले विभिन्न कार्यक्रम गरि मनाइदै आएको सरकारी रेडियोग्राफी संघ नेपालका केन्द्रीय सचीव तिरेश खड्काले जानकारी दिनुभयो।













