कैलाली, २७ फागुन २०८१
धनगढीस्थित सेती अस्पतालमा पहिलोपटक दुरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया भएको छ।
डडेल्धुराका उमेश तम्रकार फागुन ९ गते अस्पताल भर्ना भएका थिए । तम्रकारको मेरुदण्डमा कुरकुरे हड्डीको फुटेर नसा च्यापिएको थियो। सो उपचार दुरबिन प्रविधिबाट सफल उपचार भएको हो।
यो उपचार सेती अस्पतालमा न्यून शुल्कमा हुने भएको छ। यसको फाईदा सानो घाउ हुने, बिरामीलाई छिटो डिस्चार्ज गर्न सकिने, चाडैं काममा फर्किने र शल्यक्रिया पछिको दुखाई कम हुने अस्पतालका अर्थोपेडिक तथा स्पाईन सर्जरी डा. ज्ञानेन्द्र जोशीले बताउनु भयो।
यो प्रविधि डा. ज्ञानेन्द्र जोशीको नेतृत्वमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेम राज पाण्डे र अर्थोपिडिक बिभागका प्रमुख डा. शिव राज पनेरुको सहयोगमा अप्रेशन सफल भएको हो।
सेती अस्पतालमा हाडजोर्नी बिभागमा कार्यरत डा. उत्सब, डा. इन्द्र, डा. घनश्याम, डा. रमेश, डा. सुशील डा. भूषण र डा. ईश्वरीको टिमबाट यो सेवा प्रधान भइरहेको छ।