आज मिति : २०८२ भाद्र २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सेती अस्पतालमा महिनाको एक दिन क्यान्सरका बिरामीको शल्यक्रिया हुने

Nam Raj Bhatta by Nam Raj Bhatta
October 2, 2024
in News
A A
1
सेती अस्पतालमा महिनाको एक दिन क्यान्सरका बिरामीको शल्यक्रिया हुने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली, १६ असोज २०८१

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन क्यान्सर स्क्रिनिङ हुने भएको छ। अस्पतालबाट दैनिक एक हजार दुई सय बिरामीले उपचार सेवा लिने गरेका छन्।

सेती अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा क्यान्सरका बिरामीको सङ्ख्या पनि धेरै हुने गरेको छ। फोक्सोको क्यान्सर,  पेटको क्यान्सर र पाठेघरको मुखको क्यान्सरको सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले पत्ता लगाउने गरेका छन्। क्यान्सरका जटिल प्रकृतिका बिरामीहरुलाई मात्र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाउने गरिएको थियो।

विपी कोइराला क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरू सेती प्रादेशिक अस्पतालमा आएर बिरामीहरूको शल्यक्रिया गर्ने भएका छन्। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेर बहादुर  कमरले सेतीमा क्यान्सरको बिरामीको सङ्ख्या बढ्दै गएका बताउनु भयो।  डा. कमरले भने, ‘हामीसँग पूर्ण क्यान्सरका बिरामीको तथ्याङ्क छैन। नसर्ने रोगहरूमा क्यान्सर बढ्दै गएको छ। वातावरण, खानपिन, जीवनशैलीदेखि विभिन्न कारणले क्यान्सरका बिरामी बढ्ने गरेका हुन।’

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले महिनाको एक दिन धनगढीमा क्यान्सरका बिरामीहरूको परीक्षण, उपचार तथा शल्यक्रिया गर्ने भएका छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने र सामान्य बिरामीहरूको भने सेतीमै उपचार हुनेछ। सेती प्रादेशिक अस्पतालको तालिका अनुसार विशेषज्ञ चिकित्सकहरूले सेतीबाट नै शल्यक्रियासहितको उपचार सेवा दिने भएका हुन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डा. उमेश नेपालले नियमित हुने बताए। डा. नेपालले भने, ‘अध्यक्ष र मेसुसँग सल्लाह गर्ने हो। सामान्य शल्यक्रिया यता हुन्छ। जटिल प्रकृतिका बिरामी मात्र उता लैजाने छौ।

सेतीमा महिनाको एक दिन विपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूबाट क्यान्सरको परीक्षण, उपचार तथा शल्यक्रिया गरिने भएको हो। यूरोलोजिस्ट सम्बन्धी, सर्जिकल सम्बन्धी, अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, आइने सम्बन्धी, पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच र नाँक, कान, घाँटीको विशेषज्ञ सेती प्रादेशिक अस्पतालमा आउने भएका छन्।

क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सेती अस्पतालमा हुँदै आएको छ। क्यान्सरको शँका लागेका बिरामीहरूलाई भने विपी कोइराला क्यान्सर अस्पताल पठाइने गरिएको थियो।

Tags: Bp academy for health scienceCervical Cancer (पाठेघरको मुखको क्यान्सर)Dr. Umesh NepalSeti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षका लागि खुल्यो आवेदन माग

Next Post

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

Related articles

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै
News

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै

11 hours ago
779
कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

2 days ago
781
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

3 days ago
810
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
News

आन्दोलनका घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, ट्रमा सेन्टरमा ६० घाइतेको उपचार हुँदै

3 days ago
780
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

4 days ago
778
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

5 days ago
794
Next Post
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

Comments 1

  1. Pingback: गेटा अस्पतालको निर्देशकमा डा. श्रीपाइली,को हुन् उनी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,238)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.