कैलाली, १७ फागुन २०८०
सेती प्रादेशिक अस्पताल धनगढीमा पहिलोपटक मृगौला सम्बन्धि पत्थरीको दुरबिन प्रबिधिबाट सफल शल्यक्रिया भएको छ।
अछामकि सेतु साउँदको बिगत ३ वर्ष देखि मृगौलामा भएको पत्थरीबाट पीडित थिइन् । बिहिवार साउँदको दुरबिन प्रबिधिबाट सफल शल्यक्रिया भएको छ।
सेती अस्पतालमा उपचार सम्भव हुने थाहा पाएपछि साउदले दुरबिन प्रबिधिबाट पहिलो पटक शल्यक्रिया गर्न पाँउदा खुशी भएकी छिन।
यूरोसर्जन डा. जोनस तिवारीको नेतृत्वमा एनेस्थेसिया डा. पूर्ण राधा श्रेष्ठ र अप्रेशन टिमको सहायतामा सफल शल्यक्रिया भएको छ्।
यो कार्यको थालनी र सहयोगको लागि पहल गरिदिने हात अस्पतालका अध्यक्ष नर बहादुर शाहको बिशेष योग्दान रहेको डा. तिवारीले बताए ।
डा. तिवारी सेती अस्पतालका पहिलो यूरोसर्जन डाक्टर हुनुका साथै बिगत २ वर्ष देखि कार्यरत छन् ।