Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जाडो बढेपछि मनाङका विद्यार्थीको लागि काठमाडौँमा ‘घुम्ती कक्षा’ सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
December 26, 2023
in News
Reading Time: 1 min read
A A
0
भाइरल ज्वरोको कारण पूर्वमा एक साताका लागि विद्यालय बन्द
591
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मनाङ, १० पुष २०८०

हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ ।

विद्यार्थीहरुको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिए । अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उनले बताए ।

अध्यक्ष लामाले भने, ‘लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरूको भविष्यमाथि खेलबाड भएको महसुस गरी घुम्ती कक्षा सञ्चालन गरेका हौँ । चार महिना यहीँ कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था गरेका छौँ ।’

मनाङमा जाडो हुँदा विद्यालय बन्द गर्ने र शिक्षक पनि बिदामा बस्ने गरेका थिए । अब भने काठमाडौँमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था गरिएको छ । पहिले मनाङमा समग्र देशको शैक्षिक सत्रभन्दा अगाडि नै अन्तिम परीक्षा सकेर हिउँदमा न्यानो ठाउँतिर झर्ने गरिन्थ्यो । ‘तर अहिले देशभरका विद्यालयमा एउटै शैक्षिक सत्र पालना गर्नुपर्दा हिमाली क्षेत्रका विद्यार्थीको भविष्यमा असर पुगेको आभास हुन्छ । त्यसैले उक्त कक्षा सञ्चालनमा ल्याएका हौँ, अध्यक्ष लामाले भने ।

हिउँदमा चार महिना विद्यालय बन्द हुन्थ्यो । विद्यालय खुल्नासाथ नयाँ शैक्षिक सत्र सुरुआत हुँदा यहाँका बालबालिकालाई सहज हुन्थ्यो तर अहिले परीक्षाको नतिजाको पर्खाइमा रहने विद्यार्थी अहिले कसरी पढ्ने भन्ने ध्याउन्नमा हुने गरेकाले सहजताका लागि पालिकाले पहिलो पटक घुम्ती कक्षा सञ्चालन गरेको जनाइएको छ ।

यहाँका विद्यार्थीलाई भविष्यमा देशैभरका विद्यालयसँग प्रतिस्पर्धीका रूपमा उतार्न घुम्ती कक्षाले प्रेरणा मिल्ने अपेक्षा गाउँपालिकाको छ । मनाङमा मङ्सिरदेखि फागुनसम्म विद्यालय बन्द हुने गर्दछ । -रासस

Tags: #kathmanduCold seasonSchool not start
SummarizeShare240ScanTweet146

Related articles

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन

by Nam Raj Bhatta
March 23, 2026
0

नयाँ बानेश्वर स्थित काठमाडौं क्यान्सर सेन्टर भक्तपुरले आफ्नो सेवा विस्तार गर्दै नयाँ सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने उद्देश्यले क्लिनिकको सोमबार...

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

by Nam Raj Bhatta
March 23, 2026
0

वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने...

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.