आज मिति : २०८२ आश्विन ८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
September 24, 2025
in News
A A
0
दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ, ०८ असोज २०८२

दाङको घोराहीमा सञ्जेवनी शिक्षण अस्पतालको औपचारिक रुपमा सेवा सुरु भएको छ।

नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्स सञ्चालन गरिरहेका व्यवसायी खुमाप्रसाद अर्यालको करिब चार अर्ब रुपैयाँको एकल लगानीमा दाङको घोराहीमा स्थापना गरिएको यो अस्पताल लुम्बिनी प्रदेशको निजी क्षेत्रको ठूलो स्वास्थ्य लगानी  हो।

अर्यालले दाङ र आसपासका पहाडी जिल्लामा ५० बेडभन्दा ठूलो अस्पताल नहुँदा बिरामीलाई बाँके वा रुपन्देही रेफर गर्नुपर्ने बाध्यता हटाउन शिक्षण अस्पताल स्थापना गरिएको बताए। अस्पताल सञ्चालन गर्नुअघि व्यापक स्वास्थ्य सर्वेक्षण गरी सेवा आवश्यकताको आधारमा योजना तय गरिएको उनले बताए।

सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले पाँच बिघा क्षेत्रमा २०७८ सालमा निर्माण कार्य सुरु गरिएको बताए।  अर्यालका अनुसार हाल अस्पतालले ३ सय शय्याबाट सेवा सुरु गरेको छ भने आगामी तीन वर्षभित्र ५ सय शय्यामा विस्तार गर्ने लक्ष्य राखिएको छ। आवश्यक ९० प्रतिशत उपकरण जडान भइसकेको छ। ४ सयभन्दा बढी कर्मचारी आवश्यक भए पनि हालसम्म ३ सयभन्दा बढी डाक्टर, नर्स, फार्मासिस्ट र अन्य कर्मचारी नियुक्ति गरिसकेका छौँ। स्थानीयलाई प्राथमिकता दिइरहेका छौँ।

अस्पतालले आइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु लगायतका ८० वटा विशेष बेडसहित अत्याधुनिक आपतकालीन सेवा उपलब्ध गराएको अर्यालले बताए। ५० शय्याको इमर्जेन्सी वार्ड २४ घण्टा सञ्चालनमा रहनेछ। रेडियोलोजी सेवामा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई लगायतका अत्याधुनिक सुविधा छन्। मिर्गौला रोगका बिरामीका लागि डायलासिस, मुटुका बिरामीका लागि क्याथ ल्याब सेवा पनि उपलब्ध छ।

अस्पतालले निकट भविष्यमा न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, युरोलोजी र ग्यास्ट्रोलोजी सेवा सुरु गर्ने तयारी भएको अस्पतालले जनाएको छ। विपन्न परिवारका बिरामीमध्ये १० प्रतिशतलाई राज्यको प्रावधान अनुसार छुटको व्यवस्था हुनेछ। अस्पताल परिसरमा हेलिकप्टर अवतरण सुविधा पनि उपलब्ध छ।

स्वास्थ्य सेवा विस्तारसँगै अस्पतालले २०८३ सालदेखि स्टाफ नर्स, हेल्थ असिस्टेन्ट (HA), फार्मेसी र ल्याब जस्ता प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ। यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(CTEVT) बाट सम्बन्धन प्रक्रिया अघि बढाइएको रोका बताउँछन्।

हाल पाँच बिघा जग्गामा नौ वटा भवनमार्फत सेवा सुरु गरिएको छ भने वरपरको ११ बिघा क्षेत्र थप संरचना निर्माणका लागि व्यवस्था गरिएको छ। आगामी चरणमा यी भवनलाई चार तला बनाएर मेडिकल शिक्षा र विशेष उपचार सेवा थप्दै जाने अस्पतालको योजना छ।

Tags: Khuma AryalSanjibani college of Medical sciences
Nisarga hospital Dhangadhi
Previous Post

८० वर्षीया आमाले छोरी बचाउन दिइन् मिर्गौला दान

Related articles

८० वर्षीया आमाले छोरी बचाउन दिइन् मिर्गौला दान
News

८० वर्षीया आमाले छोरी बचाउन दिइन् मिर्गौला दान

4 hours ago
778
मन्थली अस्पतालले शुरु गर्यो एन्टिबायोटिकको दुरुपयोग रोक्न पिसाब र रगत कल्चर सेवा
News

मन्थली अस्पतालले शुरु गर्यो एन्टिबायोटिकको दुरुपयोग रोक्न पिसाब र रगत कल्चर सेवा

1 day ago
798
काठमाडौं महानगरले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै
News

काठमाडौं महानगरले दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै

2 days ago
782
स्वास्थ्य मन्त्रालयको १२ औं तहमा डा. संगिता मिश्रा बढुवा
News

स्वास्थ्यमन्त्रीमा डा. संगीता कौशल मिश्रा सिफारिस

3 days ago
799
डा. तेजेन्द्र कार्की : स्वास्थ्य मन्त्रीका लागि बलियो विकल्प
News

डा. तेजेन्द्र कार्की : स्वास्थ्य मन्त्रीका लागि बलियो विकल्प

4 days ago
844
लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको दुरबिन प्रविधिबाट आर्थ्रोस्कोपी शल्यक्रिया
News

लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको दुरबिन प्रविधिबाट आर्थ्रोस्कोपी शल्यक्रिया

4 days ago
793

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,252)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.