दाङ, १२ पुष २०८१
एकैपटक अस्पतालले ४०० नर्स सहित ८२१ जना स्वास्थ्य क्षेत्रका लागि जनशक्ति माग गरेको छ ।
दाङको घोराहीस्थित सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले एकैपटक ८२१ जना स्वास्थ्यकर्मी माग गरेको हो ।
अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि अस्पतालले जनशक्ति माग गरेको हो।
अस्पतालले माघ १५ गतेभित्र आवेदन दिन भनेको छ। अस्पताल ३ अर्ब लगानीमा निर्माण भइरहेको अर्यालले जानकारी दिएका छन्।
अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ ।