आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब मेसिन खरिदको प्रक्रिया अगाडि बढ्यो

Nam Raj Bhatta by Nam Raj Bhatta
September 12, 2024
in News
A A
0
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ, २७ भाद्र २०८१

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  क्याथ ल्याब मेसिन खरिदको प्रक्रिया अघि बढे संगै अब ‘हर्ट अट्याक’ को उपचार हुने भएको छ ।

प्रतिष्ठानले मुटु सम्बन्धी सम्पूर्ण उपचारका लागि आवश्यक तयारी थालेको छ । मुटु उपचारका लागि आवश्यक पर्ने मेसिन क्याथ ल्याब खरिदको तयारी गरिएको छ । सम्पूर्ण प्रक्रिया समयमै पूरा हुन सकेमा आगामी ८ महिना भित्र मुटुको उपचार सेवा सुरु गरिने प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभयो।

दाङमा अहिले सबै विधाका उपचार सेवा सुरु भए पनि मुटु र न्यूरो सर्जरी सम्बन्धी उपचार सुरु हुन सकेको छैन ।

चालु आर्थिक वर्षभित्र मुटुको उपचार सेवा सुरु गरिनेछ । ‘मेसिनसहित सम्पूर्ण सेवा सञ्चालनका लागि कुल १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ,’ डा. लामिछानेले भने, ‘हामीले मुटु सम्बन्धी अपरेसनको काम गर्नेछौं ।’ मुटुको सेवा सञ्चालनका लागि प्रतिष्ठानले छुट्टै युनिट सञ्चालन गर्नेछ ।

अहिले दाङमा मुटु सम्बन्धी उपचार सेवा नहुँदा यस क्षेत्रका जनताले निकै सास्ती व्यहोर्नुपरेको छ । ‘दीर्घ रोगको उपचारका लागि अन्यत्र जान सकिने भए पनि मानिसहरूलाई हर्ट अट्याक आकस्मिक रूपमा हुन्छ,’ डा. लामिछानेले भने, ‘तुरुन्त उपचार नगरे मानिसको ज्यान नै जाने खतरा हुन्छ, त्यही संवेदनशीलताका कारण हामीले जतिसक्दो छिटो मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका हौं ।’

प्रतिष्ठानमा मुटु र न्यूरो बाहेकको अपरेसनसहितको सेवा भने सञ्चालन भइरहेको छ । विभिन्न सेवाहरू विस्तार भएपछि बिरामीहरूको चाप निकै बढेको उपकुलपति लामिछानेले जानकारी दिए । अहिले प्रतिष्ठानमा एकै पटक ६ वटा अपरेसन थ्रिएटर सञ्चालन भइरहेका छन् । प्रतिष्ठानबाट दैनिक ८ सय बढि बिरामिले विभिन्न बिभागबाट ओपिडि सेवा लिइरहेका छन ।

प्रतिष्ठानमा ४ सय बेडको भवन निर्माणका लागि सम्भाव्यता अध्ययनसहित लागत इस्टिमेटको काम पूरा भइसकेको छ । उक्त भवन निर्माणका लागि भ्याट बाहेक ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम एकै आर्थिक वर्षमा विनियोजन गर्न गाह्रो हुने भएकाले बहुवर्षीय योजनामा राखेर काम गरिने डा. लामिछानेले जानकारी दिए ।

पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवामा निकै सुधार आएको छ । प्रतिष्ठानमा उपचारसँगै चिकित्सा सम्बन्धी पढाइहरू सुरु भइरहेका छन् । अहिले बीएससी नर्सिङमा ४० जना विद्यार्थीहरूले अध्ययन गरिरहेको प्रतिष्ठानकी लेक्चरर पूजा शर्माले जानकारी दिइन । शर्माका अनुसार चारवर्षे बीएससी नर्सिङमा अहिले दोस्रो वर्षको कक्षा सञ्चालन भइरहेको छ ।

त्यस्तैगरी तीनवर्षे बीएनएममा पनि पहिलो र दोस्रो वर्षका कक्षाहरू सञ्चालन भइरहेका छन् । दुई तहको कक्षामा २० र २० जना गरेर ४० जनाले अध्ययन गरिरहेको प्रतिष्ठानकी असिस्टेन्ट प्रोफेसर विनिता खत्रीले जानकारी दिइम । उनका अनुसार यस मध्ये ७५ प्रतिशत छात्रवृत्ति र २५ प्रतिशत शुल्क तिरेर अध्ययन गरिरहेका छन् ।

प्रतिष्ठानमा अहिले एमडीएमएसको पढाइ सञ्चालन भइरहेको छ । यस वर्षदेखि एमबीबीएसको पढाइ सञ्चालनका लागि प्रतिष्ठानले ५० जनाको कोटा प्राप्त गरेको छ । अहिले प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि ११ वटा कोठा प्रयोग भइरहेको छ । नयाँ भवन निर्माण भएपछि उपचार सेवा र शैक्षिक कार्यक्रम सञ्चालनका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले जानकारी दिए । ‘अबको केही वर्षमा राप्ती प्रतिष्ठान मुलुककै उत्कृष्ट स्वास्थ्य उपचार गर्ने संस्थाको रूपमा स्थापित हुन्छ,’ उनले भने, ‘अहिले पनि केही जटिल प्रकारका उपचारका लागि हामीले रिफर गर्नुपर्ने बाध्यता रहेको छ।

Tags: #government of Nepal#Health and population ministryDr. Bikash LamichhaneRapti Academy Health for Science
Nisarga hospital Dhangadhi
Previous Post

दमौली अस्पताललाई स्वास्थ्य मन्त्रालयद्वारा उपकरण सहयोग

Next Post

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

1 hour ago
779
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

9 hours ago
811
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

2 days ago
807
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
Next Post
जलन क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.