Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब मेसिन खरिदको प्रक्रिया अगाडि बढ्यो

Nam Raj Bhatta by Nam Raj Bhatta
September 12, 2024
in News
Reading Time: 1 min read
A A
0
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

दाङ, २७ भाद्र २०८१

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  क्याथ ल्याब मेसिन खरिदको प्रक्रिया अघि बढे संगै अब ‘हर्ट अट्याक’ को उपचार हुने भएको छ ।

प्रतिष्ठानले मुटु सम्बन्धी सम्पूर्ण उपचारका लागि आवश्यक तयारी थालेको छ । मुटु उपचारका लागि आवश्यक पर्ने मेसिन क्याथ ल्याब खरिदको तयारी गरिएको छ । सम्पूर्ण प्रक्रिया समयमै पूरा हुन सकेमा आगामी ८ महिना भित्र मुटुको उपचार सेवा सुरु गरिने प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभयो।

दाङमा अहिले सबै विधाका उपचार सेवा सुरु भए पनि मुटु र न्यूरो सर्जरी सम्बन्धी उपचार सुरु हुन सकेको छैन ।

चालु आर्थिक वर्षभित्र मुटुको उपचार सेवा सुरु गरिनेछ । ‘मेसिनसहित सम्पूर्ण सेवा सञ्चालनका लागि कुल १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ,’ डा. लामिछानेले भने, ‘हामीले मुटु सम्बन्धी अपरेसनको काम गर्नेछौं ।’ मुटुको सेवा सञ्चालनका लागि प्रतिष्ठानले छुट्टै युनिट सञ्चालन गर्नेछ ।

अहिले दाङमा मुटु सम्बन्धी उपचार सेवा नहुँदा यस क्षेत्रका जनताले निकै सास्ती व्यहोर्नुपरेको छ । ‘दीर्घ रोगको उपचारका लागि अन्यत्र जान सकिने भए पनि मानिसहरूलाई हर्ट अट्याक आकस्मिक रूपमा हुन्छ,’ डा. लामिछानेले भने, ‘तुरुन्त उपचार नगरे मानिसको ज्यान नै जाने खतरा हुन्छ, त्यही संवेदनशीलताका कारण हामीले जतिसक्दो छिटो मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका हौं ।’

प्रतिष्ठानमा मुटु र न्यूरो बाहेकको अपरेसनसहितको सेवा भने सञ्चालन भइरहेको छ । विभिन्न सेवाहरू विस्तार भएपछि बिरामीहरूको चाप निकै बढेको उपकुलपति लामिछानेले जानकारी दिए । अहिले प्रतिष्ठानमा एकै पटक ६ वटा अपरेसन थ्रिएटर सञ्चालन भइरहेका छन् । प्रतिष्ठानबाट दैनिक ८ सय बढि बिरामिले विभिन्न बिभागबाट ओपिडि सेवा लिइरहेका छन ।

प्रतिष्ठानमा ४ सय बेडको भवन निर्माणका लागि सम्भाव्यता अध्ययनसहित लागत इस्टिमेटको काम पूरा भइसकेको छ । उक्त भवन निर्माणका लागि भ्याट बाहेक ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम एकै आर्थिक वर्षमा विनियोजन गर्न गाह्रो हुने भएकाले बहुवर्षीय योजनामा राखेर काम गरिने डा. लामिछानेले जानकारी दिए ।

पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवामा निकै सुधार आएको छ । प्रतिष्ठानमा उपचारसँगै चिकित्सा सम्बन्धी पढाइहरू सुरु भइरहेका छन् । अहिले बीएससी नर्सिङमा ४० जना विद्यार्थीहरूले अध्ययन गरिरहेको प्रतिष्ठानकी लेक्चरर पूजा शर्माले जानकारी दिइन । शर्माका अनुसार चारवर्षे बीएससी नर्सिङमा अहिले दोस्रो वर्षको कक्षा सञ्चालन भइरहेको छ ।

त्यस्तैगरी तीनवर्षे बीएनएममा पनि पहिलो र दोस्रो वर्षका कक्षाहरू सञ्चालन भइरहेका छन् । दुई तहको कक्षामा २० र २० जना गरेर ४० जनाले अध्ययन गरिरहेको प्रतिष्ठानकी असिस्टेन्ट प्रोफेसर विनिता खत्रीले जानकारी दिइम । उनका अनुसार यस मध्ये ७५ प्रतिशत छात्रवृत्ति र २५ प्रतिशत शुल्क तिरेर अध्ययन गरिरहेका छन् ।

प्रतिष्ठानमा अहिले एमडीएमएसको पढाइ सञ्चालन भइरहेको छ । यस वर्षदेखि एमबीबीएसको पढाइ सञ्चालनका लागि प्रतिष्ठानले ५० जनाको कोटा प्राप्त गरेको छ । अहिले प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि ११ वटा कोठा प्रयोग भइरहेको छ । नयाँ भवन निर्माण भएपछि उपचार सेवा र शैक्षिक कार्यक्रम सञ्चालनका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले जानकारी दिए । ‘अबको केही वर्षमा राप्ती प्रतिष्ठान मुलुककै उत्कृष्ट स्वास्थ्य उपचार गर्ने संस्थाको रूपमा स्थापित हुन्छ,’ उनले भने, ‘अहिले पनि केही जटिल प्रकारका उपचारका लागि हामीले रिफर गर्नुपर्ने बाध्यता रहेको छ।

Tags: #government of Nepal#Health and population ministryDr. Bikash LamichhaneRapti Academy Health for Science
SummarizeShare234ScanTweet146

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.