दाङ, ०१ माघ २०८२
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आँखा र जेष्ठ नागरिकमा फेलोसीप गर्ने ब्यवस्था मिलाएको छ । प्रतिष्ठानले यसअघि सिनेट सभाबाट फेलोसिप सन्चालन गर्ने निर्णय गरेको थियो । सिनेटको निर्णयपछि प्रतिष्ठानले संस्थागतरुपम प्रपोजलसहितको कार्यक्रम पेश गरेपछि नेपाल मेडिकल काउन्सीलको पौष २३ र २४ गते बसेको पुर्ण बैठकले फेलोसिप सन्चालन गर्ने अनुमति दिएको निमित्त उपकुलपति प्रा. श्याम लम्सालले बताए ।
स्नातकोत्तर तहको फेलोशिप कार्यक्रम सन्चालन हुने भएपछि शैक्षिक कार्यक्रम थप प्रभाबकारी बन्ने लम्सालले बिश्वास ब्यक्त गर्नुभयो । आँखा रोग विशेषज्ञ सह प्राध्यापक डा. सुरेश रसाईलि र जेष्ठ नागरिक रोग विशेषज्ञ प्रा.डा. रमेश कडेलले फेलोसिप कार्यक्रम धेरै मेहनत र परिश्रमले प्राप्त भएको भन्दै शैक्षिक कार्यक्रममा यो कार्यक्रमले एउटा इट्टा थप गरेको बताए ।
एमडि गरेका चिकित्सकले एक वर्षे फेलोशिप कार्यक्रममा सहभागी हुनेछ्न । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम पटक फेलोशिप सन्चालन स्विकृती नेपाल मेडिकल काउन्सिलले दिएको र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम र फेलोशिप कार्यक्रमहरू क्रमश बृद्धि गर्ने योजना रहेको निमित्त उपकुलपति लम्सालले बताए ।












