रामेछाप, १९ पुष २०८१
रामेछाप अस्पतालमा गर्भमा जुम्ल्याहा बच्चा रहेको र बच्चाहरूको स्थिति उल्टो रहेको एक महिलाको सफल प्रसुती शल्यक्रिया गरिएको छ ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाऊ पालिका-६ की ३८ वर्षीया गर्भवती महिलाको सफल प्रसुती जन्य शल्यक्रिया गरिएको हो ।
महिलालाई बिजुली कोट स्वास्थ्य चौकीबाट प्रेषण गरी मंसिर १८ गते राति ७३० बजे निःशुल्क शल्यक्रिया गरिएको हो । गर्भवती महिलाको गर्भमा जुम्ल्याहा बच्चा रहेको र बच्चाहरूको स्थिति उल्टो भएका कारण तत्काल शल्यक्रिया आवश्यक भएको थियो ।
शल्यक्रियाको नेतृत्व डा. सत्यम पाण्डेय र मेसु डा. केशव श्रेष्ठले गरेका थिए । एनेस्थेसियामा डिबी श्रेष्ठ र राजेश यादव, ओटीटीएम नर्स शिखा हायू, समीक्षा थापा तथा अन्य स्वास्थ्य कर्मीहरूको सहयोग रहेको थियो ।
शल्यक्रिया सफलतापूर्वक सम्पन्न भई हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । जन्मिएका जुम्ल्याहा बच्चाहरू (दुबै छोरा) को तौल क्रमशः २४०० ग्राम र २५०० ग्राम रहेको छ ।
स्थानीय वासीहरूका अनुसार यस प्रकारका सेवाहरूले ग्रामीण क्षेत्रका जनताले समय मै जीवन रक्षक सेवा पाउने सुनिश्चितता बढाएको छ।