Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रक्तसञ्चार सेवाको ५५ बर्ष – सामुदायिक सहभागिता र सरकारी सहयोग बढ्नुपर्ने

HNN Staff by HNN Staff
July 27, 2021
in News
Reading Time: 1 min read
A A
0
A camp at Mangal Bazar

A camp at Mangal Bazar

586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आज श्रावण १२ गते । नेपालमा रक्तसञ्चार सेवा स्थापना दिवस । सुलभ, गुणस्तरीय र मर्यादित सेवा नेपालको रक्तसञ्चार सेवा मूल नाराका साथ ५५ औँ वार्षिकोत्सवका कार्यक्रम आयोजना हुदैछन् ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन बर्ष पछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो ।

यस दिवसको अवसरमा रक्तदाता, रक्तसंकलन गर्ने संघ संस्थाहरु र सहयोगीहरुलाई धन्यबाद कार्यक्रमहरु देशव्यापीरुपमा आयोजना हुदैछन् । साथै, काठमाडौँ उपत्यका लगायत देशैभरी रक्तसंकलन शिविरहरु आयोजना गरिएका छन् ।

दिवसकै अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाले साउन १ देखि १२ गते सम्म आयोजित विशेष रगतसंकलन कार्यक्रम अन्तरर्गत विभिन्न संस्थाहरुको सहयोगमा ९१२ जनाले रक्तदान गर्नुभएको छ । आज बागबजार, बाडेगाँउ ललितपुर, लामपोखरी र चावहिलमा आयोजना हुने शिविरहरुमा रक्तदाता प्रति विशेष धन्यवाद कार्यक्रम आयोजना हुदैछन् ।

दिवसकै अवसरमा आज आर्थिक वर्ष २०७७।०७८ को प्रारभ्भिक बार्षिक प्रतिवेदन सार्वजनिक हुने कार्यक्रम रहेको छ ।

people waiting for blood in Red Cross Blood Centre
people waiting for blood in Red Cross Blood Centre

नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरू, यूवा, विद्यार्थी, मजदुर, पेशा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनैतिक दल र भातृसंगठन लगायत आम रक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय संघसंस्था, नियमित रक्तदान कार्यक्रम गर्ने संघ संस्था, रक्तदाताहरूका सञ्जालहरू, रक्तदान कार्यक्रम आयोजकहरू, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगको हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ ।

नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् । रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन महिला तथा यूवाको सहभागिता बढाउन सरकारी लगानी थप गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Tags: Nepal red cross society
SummarizeShare234ScanTweet147

Related articles

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

by Nam Raj Bhatta
August 8, 2026
0

फ्रन्टलाइन हस्पिटलले पहिलोपटक आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हार्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.