काठमाडौं, १३ बैशाख २०८१
नेपाल रेडियोलोजिष्ट एसोसिएसनको आयोजनामा वैशाख १४ र १५ गते काठमाडौंको हायात होटेलमा दुई दिने राष्ट्रिय सम्मेलन शुरु हुने भएको छ।
नेपाल रेडियोलोजिष्ट एसोसिएसनको छैठौं सम्मेलन ( RADCON 2024) को मुल नारा Hurdles Ahead in Radiology: The Future Directions रहेको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरु द्वारा विभिन्न कार्यपत्र प्रस्तुत हुने एसोसिएसनका उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताउनुभयो।
सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछ्न। कार्यपत्रमा भारत तथा नेपालका गरी करिब ६५ जना रेडियोलोजिष्टहरुले कार्यपत्र प्रस्तुत गर्ने भएका छ्न।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४ सय ५० भन्दा बढी रेडियोलोजिष्ट चिकित्सकहरुको सहभागिता हुने अनुमान गरिएको उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताए।
सम्मेलनमा रेडियोलोजिष्ट सम्बन्धित विभिन्न कम्पनीका उपकरणहरुको प्रदर्शन पनि रहनेछ।