काठमााडौं, २५ फागुन २०८१
नेपाल रेडियोलोजिस्ट एसोसिएशनको अध्यक्षमा डा. तेजेन्द्र कार्की चयन भएका छन् । डा. कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो।
एसोसिएशनको फाल्गुन २३ र २४ गते इटहरीमा सम्पन्न भएको सातौं राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
एसोसिएशनको उपाध्यक्षमा डा. कृष्ण बुढाथोकी, महासचिवमा डा. सरोज राज केसी, सहसचिवमा डा. नवराज रानाभाट चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा डा. रोशना खड्का, सह कोषाध्यक्षमा डा. राजेन्द्र चौधरी चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा डा. निशान्त मिश्रा, डा. अम्बिका पोखरेल र डा. सुस्मित काफ्ले चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।
सम्मेलनमा दुवै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा विदेश तथा नेपालका गरी ३० जना रेडियोलोजिस्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए भने केही कार्यपत्र भर्चुअल माध्यमबाट पनि प्रस्तुत भएका थिए। प्री-कन्फरेन्स कार्यशाला, कार्यपत्र प्रस्तुतिहरू र प्यानल छलफलहरू पश्चात् सम्मेलन सम्पन्न भएको थियो।