काठमाडौं, २७ कार्तिक २०७७
क्यूबिडी फर्मास्यूटिकल्सले RIVAROX ब्राण्ड नाममा रिभारोक्सबन नेपाली बजारमा बिक्री वितरण गर्न शुरु गरेको छ।
RIVAROX औषधिले रगत ठिक्का बन्ने प्रक्रियालाई रोक्दछ र रगतलाई पातलो बनाउने (Anticoagulant )काम गर्दछ।
अहिलेसम्म यो औषधिको लागि नेपाली जनताहरुले बिदेशी कम्पनीहरु माथि निर्भर हुनु पर्थ्यो। अब यो औषधि नेपालमा पहिलोपटक क्यूबिडी फर्मास्यूटिकल्सले उत्पादन गरी सहज वातावरणमा उपलब्ध गराइसकेको छ।
क्यूबिडीले यस अघि Dabiclot (Dabigatran ) भन्ने अर्को Anticoagulant नेपाली बजारमा बिक्री वितरण गरी राखेको छ।
Anticoagulant segment मा अब क्यू बि डी ले दुई ओटा औषधि DABICLOT र RIVAROX उत्पादन तथा बिक्रि बितरण गरेको छ।