भरतपुर, २७ साउन २०८१
पुष्पाञ्जली हस्पिटलको प्राविधिक सहयोगमा ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर २५० जनाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
ग्रीनल्यान्ड पब्लिक स्कुलको परिसरमा भएको उक्त शिविरमा दुई सय ५० जनाको स्वास्थ्य परीक्षण गरिनुको साथै बालबालिका अभिमुखिकरण समेत भएको स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिनुभयो ।
शिविरमा बाल रोग बिशेषज्ञ डा. किरण देवकोटा, डा. बादल खनिया र स्कुलकी हेल्थ एसिस्टेन्ट सुरुची कँडेललगायतले नि: शुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।
सोही अवसरमा अभिभावकहरुलाई बदलिदो मौसममा बालबालिकाको स्वास्थ्यमा देखिने सक्ने समस्या तथा बच्ने उपाय बारे सचेत गराईएको थियो