कैलाली, १० साउन २०८२
सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी डा. भुषण मिश्रले पाएका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमक कार्यरत डा. मिश्रलाई सामाजिक बिकास मन्त्रालयले गत सोमबार सचिव स्तरीय निर्णय गरेर थप जिम्मेवारी दिएको हो ।
अस्पतालको मेडीकल अधिकृत दरबन्दीमा कार्यरत रहेका डा. मिश्र आर्थोपेडीक सर्जन हुन्।