आज मिति : २०८२ कार्तिक १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरिने: मुख्यमन्त्री आचार्य

Nam Raj Bhatta by Nam Raj Bhatta
November 4, 2025
in News
A A
0
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गरिने: मुख्यमन्त्री आचार्य
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ, १८ कात्तिक २०८२

दाङको देउखुरीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन्

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिए।

आचार्यले भने, प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ। जनशक्ति पर्याप्त छ। बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन्। प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ।

आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसहरूमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ। यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ। सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ।

उनले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं। स्वास्थ्यका सूचकहरूमा सुधार देखिन थालेको छ’, आचार्यले भने, ‘पोषणमा सुधार आएको छ। मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियानहरू केन्द्रित छन्। समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्छ।’

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ।

समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शय्याको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ। त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

लुम्बिनी प्रदेशका चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ। जसले महिला मात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ। प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ। साथै, आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ्ग नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ।

मुख्यमन्त्री आचार्यले भने, लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा ‘विद्युतिय स्वास्थ्य अभिलेख’ प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘सूचना भण्डार सर्भर’ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ।

देशमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ। त्यस्तै, ‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६’ स्वीकृत भई लागू गरिएको छ।

Tags: Chet narayan acharyaLumbini PradeshProvidence hospital Bhaluwang
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा हुने

Next Post

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदन उपाध्याय

Related articles

स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त
News

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदन उपाध्याय

19 minutes ago
778
Nepal Medical Association
News

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा हुने

2 days ago
781
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव
News

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव

2 days ago
801
वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षणको नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न
News

वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षणको नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

4 days ago
788
नर्सको आन्दोलन अझै जारी, दुई घण्टा अत्यावश्यक बाहेकका सेवा बन्द
News

नर्सको आन्दोलन अझै जारी, दुई घण्टा अत्यावश्यक बाहेकका सेवा बन्द

4 days ago
791
ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत
News

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

6 days ago
796
Next Post
स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदन उपाध्याय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,287)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.