आज मिति : २०८२ मंसिर ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
July 18, 2024
in News
A A
0
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३ साउन २०८१

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत  सुत्केरी हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

अस्पतालमा आर्थिक वर्ष २०७९-८० का तुलनामा आ.व. २०८०-८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०-८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।

आव २०७९-८० मा ३९ प्रतिशत महिलाले शल्यक्रिया मार्फत शिशु जन्माएका थिए । उनले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताए ।

यस्तैगरी ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा. अधिकारीले बताउनु भयो।

डा. अधिकारीले भने, ‘तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।’अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताए।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ तर हामीकहाँ ४० बिरामी बराबर तीन  नर्स  कार्यरत छन् उनले भने। त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।’

डा. अधिकारीका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । डा. अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिए।

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उनको भनाइ छ । अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ।

Tags: #government of Nepal#Health and population ministryDr Shree prasad adhikariParopakar maternity and women hospital thapathali Kathmandu
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य मन्त्रालयका महाँशाखा प्रमुखलाई मन्त्रीको आग्रह

Next Post

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

17 hours ago
791
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

4 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 week ago
796
Next Post
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.