आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

औषधिको गुणस्तर कायम गर्न उत्पादक र औषधि पसल सबै जिम्मेवार हुनु पर्छः प्रभुराज वैद्य

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2024
in News
A A
0
औषधिको गुणस्तर कायम गर्न उत्पादक र औषधि पसल सबै जिम्मेवार हुनु पर्छः प्रभुराज वैद्य
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १५ पुष २०८१

औषधिको गुणस्तर कायम गर्न उत्पादक, वितरक र औषधि पसल सबै जिम्मेवार हुनुपर्ने यतिकेम ग्रुपका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले बताएका छन्।

यतिकेम ‘सर्भिस टु म्यानकाइण्ड बाई रिचिङ टु अनरिचेवल’ अर्थात ‘मानवसेवाका लागि पहुच नभएकामा पुग्ने’ भन्ने नारा सहित नेपालमा एन्टी-क्यान्सर, मिर्गौला, श्वास-प्रश्वास, खोप तथा लाइफ सेभिङ औषधि पहिलो पटक नेपाल भित्र्याउने लिडिङ कम्पनी हो।

वैद्यले उपभोक्ताले औषधिका विषयमा आँखा चिम्लेर विश्वास गर्ने गरेको बताउँदै अब केही प्रश्न गर्नु पर्ने बताए। उनले भने, हतारले कहिलेकाँही हामीलाई ठूलो क्षति पुर्याउन सक्छ, त्यसैले हरेकले औषधि किन्दा एक्स्पाइरी डेट सँगै औषधिको प्रकृति अनुसारको सहि तापक्रममा भए नभएको लगायत कुरामा ध्यान दिनु पर्ने कुरामा जोड दिए।

अझै पनि कतिपय औषधि पसलमा इन्सुलिन र खोपको कोल्डचेन मेन्टेनमा समस्या देखिएको भन्दै यस्तो अवस्थामा औषधीको प्रभावकारिता र रोगको निदानमा प्रभाव पर्ने बताए।

वैद्यले औषधी खरीद गर्दा त्यो मूल्य अनुसार छ कि छैन भनी हेर्नु पर्ने बताउदै कसरी कतिवेला खाने, कति मात्रा खाने वा कसरी प्रयोग गर्ने राम्ररी सोध्न आग्रह गरे। औषधीको सहि मात्रा, खाने समय अत्यन्त महत्वपूर्ण रहेको भन्दै सोधेपछि सोही अनुसार आफूले कार्यान्वयन गर्न पनि सुझाव दिए।

त्यस्तै औषधी लिईसकेपछि त्यसको प्रयोग हुदाका समयमा औषधिको प्रकृति अनुसार सहि तापक्रममा राख्न पनि सुझाए। घाम लाग्ने ठाउँमा, पानी पर्ने ठाउँमा र बालबालिकाहरुले नभेटने ठाउँमा राख्नु पर्ने सल्लाह दिए।

नेपालमा जेनेरिक नाममा औषधि प्रेस्कृप्सन प्रणाली लागु गर्ने तयारी भइरहेको बारे सोधिएको प्रष्नमा आफ्नो धारणा राख्दै वैद्यले भरपर्दो प्रणाली निर्माण नगरी ‘जेनेरिक सिफारिस’मा जाँदा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्ने बताए।

नेपाल जस्तो मुलुकमा ब्राण्ड जेनेरिक अभ्यास हुने गरेको, भारतसँग खुला सिमाना रहेका कारण गैरकानुनी रुपमा समेत भित्रिने गरेको र मुलुकमै उतपादन हुने औषधिमा पनि गुणस्तरका कुरा उठ्ने गरेको स्मरण गर्दै जेनेरिकमा जाँदा आम उपभोक्ताले गुणस्तरिय औषधि पाउने सुनिष्चित गर्न गार्हो हुने अवस्था देखेको बताए।

यसै वैद्यले नेपाल जस्तो सानो बजार भएको मुलुकमा पहिलोपटक क्यान्सरको औषधि बित्र्याउदाको अनुभव सुनाएका थिए भने, रोग प्रतिरोधी खोप तथा कोभिड महामारीमा आवश्यक औषधि ल्याउदाका तिता मिठा अनुभव समेत सुनाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै औषधिलाई जेनेरिक सिफारिसमा लैजानका लागि सुझाव समिति गठन गरेको छ। औषधि व्यवस्था विभागका महाप्रबन्धक नारायण ढकालको संयोजकत्वमा गठित समितिले यस विषयमा अध्ययन गरेर सुझाव दिनेछ। जेनेरिक सिफारिसपछि औषधिको मूल्य घट्ने विश्वास मन्त्रालयको छ। विश्वका विभिन्न देशहरुमा यस्तो अभ्यास छ।

भारतसँग खुला सिमाना रहेको नेपालमा औषधि गैरकानुनी रुपमा समेत भित्रिने गरेको छ। त्यसको गुणस्तरदेखि कोल्डचेन मेन्टेनसम्ममा समस्या रहेको उनले दर्शाएका हुन्।  नेपालमा नयाँ र गुणस्तरीय औषधि ल्याउन आफूले बिगत ३८ वर्षमा गरेका संघर्ष बताउँदै उनले त्यसको वितरणमा समेत विशेष ध्यान पुर्याइएको उल्लेख गरे।

Tags: Cancer medicinePrabhu Raj BaidhyaYaticamp group
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल अर्थोपेडिक अस्पतालले गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट २५० भन्दा बढी लाभान्वित

Next Post

भेरी अस्पतालमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार शुरु

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

2 hours ago
776
नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

2 days ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

3 days ago
779
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

3 days ago
816
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

4 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

1 week ago
868
Next Post
भेरी अस्पतालमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार शुरु

भेरी अस्पतालमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.