Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधिको गुणस्तर कायम गर्न उत्पादक र औषधि पसल सबै जिम्मेवार हुनु पर्छः प्रभुराज वैद्य

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2024
in News
Reading Time: 1 min read
A A
0
औषधिको गुणस्तर कायम गर्न उत्पादक र औषधि पसल सबै जिम्मेवार हुनु पर्छः प्रभुराज वैद्य
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १५ पुष २०८१

औषधिको गुणस्तर कायम गर्न उत्पादक, वितरक र औषधि पसल सबै जिम्मेवार हुनुपर्ने यतिकेम ग्रुपका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले बताएका छन्।

यतिकेम ‘सर्भिस टु म्यानकाइण्ड बाई रिचिङ टु अनरिचेवल’ अर्थात ‘मानवसेवाका लागि पहुच नभएकामा पुग्ने’ भन्ने नारा सहित नेपालमा एन्टी-क्यान्सर, मिर्गौला, श्वास-प्रश्वास, खोप तथा लाइफ सेभिङ औषधि पहिलो पटक नेपाल भित्र्याउने लिडिङ कम्पनी हो।

वैद्यले उपभोक्ताले औषधिका विषयमा आँखा चिम्लेर विश्वास गर्ने गरेको बताउँदै अब केही प्रश्न गर्नु पर्ने बताए। उनले भने, हतारले कहिलेकाँही हामीलाई ठूलो क्षति पुर्याउन सक्छ, त्यसैले हरेकले औषधि किन्दा एक्स्पाइरी डेट सँगै औषधिको प्रकृति अनुसारको सहि तापक्रममा भए नभएको लगायत कुरामा ध्यान दिनु पर्ने कुरामा जोड दिए।

अझै पनि कतिपय औषधि पसलमा इन्सुलिन र खोपको कोल्डचेन मेन्टेनमा समस्या देखिएको भन्दै यस्तो अवस्थामा औषधीको प्रभावकारिता र रोगको निदानमा प्रभाव पर्ने बताए।

वैद्यले औषधी खरीद गर्दा त्यो मूल्य अनुसार छ कि छैन भनी हेर्नु पर्ने बताउदै कसरी कतिवेला खाने, कति मात्रा खाने वा कसरी प्रयोग गर्ने राम्ररी सोध्न आग्रह गरे। औषधीको सहि मात्रा, खाने समय अत्यन्त महत्वपूर्ण रहेको भन्दै सोधेपछि सोही अनुसार आफूले कार्यान्वयन गर्न पनि सुझाव दिए।

त्यस्तै औषधी लिईसकेपछि त्यसको प्रयोग हुदाका समयमा औषधिको प्रकृति अनुसार सहि तापक्रममा राख्न पनि सुझाए। घाम लाग्ने ठाउँमा, पानी पर्ने ठाउँमा र बालबालिकाहरुले नभेटने ठाउँमा राख्नु पर्ने सल्लाह दिए।

नेपालमा जेनेरिक नाममा औषधि प्रेस्कृप्सन प्रणाली लागु गर्ने तयारी भइरहेको बारे सोधिएको प्रष्नमा आफ्नो धारणा राख्दै वैद्यले भरपर्दो प्रणाली निर्माण नगरी ‘जेनेरिक सिफारिस’मा जाँदा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्ने बताए।

नेपाल जस्तो मुलुकमा ब्राण्ड जेनेरिक अभ्यास हुने गरेको, भारतसँग खुला सिमाना रहेका कारण गैरकानुनी रुपमा समेत भित्रिने गरेको र मुलुकमै उतपादन हुने औषधिमा पनि गुणस्तरका कुरा उठ्ने गरेको स्मरण गर्दै जेनेरिकमा जाँदा आम उपभोक्ताले गुणस्तरिय औषधि पाउने सुनिष्चित गर्न गार्हो हुने अवस्था देखेको बताए।

यसै वैद्यले नेपाल जस्तो सानो बजार भएको मुलुकमा पहिलोपटक क्यान्सरको औषधि बित्र्याउदाको अनुभव सुनाएका थिए भने, रोग प्रतिरोधी खोप तथा कोभिड महामारीमा आवश्यक औषधि ल्याउदाका तिता मिठा अनुभव समेत सुनाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै औषधिलाई जेनेरिक सिफारिसमा लैजानका लागि सुझाव समिति गठन गरेको छ। औषधि व्यवस्था विभागका महाप्रबन्धक नारायण ढकालको संयोजकत्वमा गठित समितिले यस विषयमा अध्ययन गरेर सुझाव दिनेछ। जेनेरिक सिफारिसपछि औषधिको मूल्य घट्ने विश्वास मन्त्रालयको छ। विश्वका विभिन्न देशहरुमा यस्तो अभ्यास छ।

भारतसँग खुला सिमाना रहेको नेपालमा औषधि गैरकानुनी रुपमा समेत भित्रिने गरेको छ। त्यसको गुणस्तरदेखि कोल्डचेन मेन्टेनसम्ममा समस्या रहेको उनले दर्शाएका हुन्।  नेपालमा नयाँ र गुणस्तरीय औषधि ल्याउन आफूले बिगत ३८ वर्षमा गरेका संघर्ष बताउँदै उनले त्यसको वितरणमा समेत विशेष ध्यान पुर्याइएको उल्लेख गरे।

Tags: Cancer medicinePrabhu Raj BaidhyaYaticamp group
SummarizeShare235ScanTweet147

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    876 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    646 shares
    Share 258 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.