कास्की, ७ असोज २०८१
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा करार पदका लागि विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको लागि माग गरेको छ ।
अस्पताल एक सूचना प्रकाशित गरी उप-प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो ।
अस्पतालले एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, एमडिजिपी र मेडिकल अधिकृत पदका लागि माग गरेको छ ।
यस्तै अस्पतालले दन्त विभाग, नर्सिङ विभाग, फार्मेसी, फिजियोथेरापी, इलेक्ट्रीसियन, रेडियोग्राफी समेत स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरेको छ।
यस्तैगरी, प्राविधिक कम्प्युटर, पलम्बिङ्ग, डेन्टल हाइजिनिष्ट समेत माग गरेको छ । इच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन पाउने छन् । असोज १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।