पोखरा, २३ चैत्र २०८०
गण्डकी प्रदेश सरकारले पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालनको अनुमति दिनु भएको छ ।
प्रदेश सरकारले सय शय्यासम्मको अस्पताल सञ्चालन अनुमति दिने कानुनी व्यवस्था छ ।
प्रदेश सरकारले सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माले जानकारी दिए । डा. शर्माका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने छ ।
विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो र अहिले ओपीडी सेवा चलिरहेको छ।