बर्दिया, १६ भाद्र २०८२
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् । संघको दोस्रो साधरणसभा तथा पहिलो अधिवेशनले पौडेलको नेतृत्वमा दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा सुजन शर्मा र विशाल अधिकारी, महासचिवमा विनोद कुमार डेमनडेउरा, सचिवमा खेमराज खनाल, कोषाध्यक्षमा सुस्मिता सिटौला र सह–कोषाध्यक्षमा रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा मनिषा न्यौपाने, विपना न्यौपाने, नवीन रेग्मी, प्रकाश चौधरी र हिक्मत ओली रहेका छन् ।शनिवार भएको अधिवेशनले १३ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
साधरणसभा तथा अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय सचिव ध्रुव कुमार शर्माले फार्मेसी व्यवसायी स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग भए पनि सरकारले अझैसम्म उनीहरूको भूमिकालाई पर्याप्त मूल्याङ्कन नगरेको गुनासो गर्नुभयो।
यस्तैगरि नेपाल फार्मेसी संघ लुम्विनी प्रदेशका खेमराम तिवारीले नीति–कार्यन्वयन, पेशागत सम्मान, आपूर्ति प्रणाली, नियमनको असमानता र व्यावसायिक विकासमा राज्यले उपेक्षा गरेको बताए ।
औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत अशोक कुमार गुप्ताले फार्मेसी व्यवसायीलाई मर्यादित बनाउन व्यवसायी स्वयम अनुशासित हुनुपर्ने बताउनु भयो।
यस्तैगरी नवनिर्वाचित अध्यक्ष पौडेलले औषधि वितरण र परामर्शलाई सामान्य व्यापारिक गतिविधि भनेर हेर्ने गलत दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औल्याए । पौडेलले आफ्नो कार्यकालमा व्यवसायीहरुको समस्या समाधानका निमित्त प्रभावकारी भूमिका निर्वाह गर्ने समेत विश्वास दिलाए।