काठमाडौं, २७ माघ २०८१
नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी एसिस्टेन्टको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४३ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा एक हजार एक सय २४ जना विद्यार्थी सहभागी मध्ये जम्मा ४९२ जना मात्र उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेयले बताए।
परीक्षाको नतिजामा उत्तीर्णभन्दा अनुत्तीर्ण हुनेको प्रतिशत बढी रहेको छ।