काठमाडौं, १९ साउन २०८२
औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा विप्लव अधिकारी र महासचिवमा सन्तोष वराल सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको काठमाडौंमा भएको वार्षिक साधारणसभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा अधिकारी र दीपक प्रसाद दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा प्रभात रुगङटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु) चयन भएका छन् ।
यस्तैगरी सचीवमा गिरिराज पाठक (गणेश ), कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन भएका छन् । यो कार्यसमितिको कार्यकाल दुई वर्षको लागि हुनेछ।