काठमाडौं, १० पुष २०८०
‘नबौं नेपाल फर्मा एक्स्पो २०२४’, फागुनको अन्तिम साता भरतपुर चितवनमा हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा आयोजना गरिने उक्त तिन दिने एक्स्पो आगामी फागुन महिनाको २५ गते देखी शुरु हुनेछ ।
एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले बताए । हाल बुकिङ को क्रम जारी रहेको एक्स्पोमा १५० भन्दा बढी स्टल रहने छ । यस अन्तर्गत नेपाल, भारत, सिंगापुर, चिन, बङ्गला देशका प्रदर्शनको बाहुल्य हुने संयोजक प्रभात रुँगटाले बताए ।
उनले एक्स्पोमा ३० हजार भन्दा बढी व्यक्ति ले अवलोकन गर्ने अपेक्षा गरिएको समेत बताए।
एक्स्पोमा औषधी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिड, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीहरूको प्रदर्शनी गरिने छ ।
हरेक दुई वर्षमा आयोजना गरिने यो एक्स्पो पछिल्लो हरूको दाँजोमा फरक हुने दाबी एपोनका अध्यक्ष महेश प्रसाद प्रधानले गरे । उनले विगतको एक्स्पो मास्क लगाएर गर्नु परे पनि हाल अवस्था फरक रहेकोले यसले औषधि उत्पादन लगायतका विषयमा थप जागरूकता फैलाउने बताउनुभयो।