काठमाडौं, १७ फागुन २०८१
गीजा रोग तथा दन्त प्रत्यारोपण सम्बन्धि नेपाली दन्त चिकित्सक समाजको नयाँ कार्यसमिति गठन भएको छ।
शनिबार पोखरामा सम्पन्न भएको दशौं अन्तर्राष्टिय सम्मेलन तथा साधारण सभावाट नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजि एण्ड ओरल इम्प्लान्टोलोजिको नयाँ कार्यसमिति सर्व सम्मतबाट गठन भएको हो ।
सम्मेलनले अध्यक्षमा डा. अमिना प्रधानलाई चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा डा. भागेश्वर धामी, महासचिवमा डा. खुस्बु गोयल र कोषाध्यक्षमा डा. सगुन रेग्मी रहनु भएको छ।
त्यस्तैगरी सदस्यहरुमा डा. विकास अग्रहरी, डा. सिमान्त लामिछाने, डा. स्तुति वाग्ले, डा. सिर्जना निरौला र
डा. रेबिका रञ्जित चयन भएका छन् ।