काठमाडौं, २६ चैत्र २०८०
People’s Health Movement को पाचौं विश्व सम्मेलन विश्व स्वास्थ्य दिवसको अवसर पारेर Argentina को Mar del Plata शहरमा April 7 देखि शुभारम्भ भएको छ ।
People’s Health Movement ले स्वास्थ्य समता एवं हरेक नागरिकको समता मुलक पहुँचको आवाज उठाउदै आइरहेको छ। हरेक पाँच बर्षमा हुने विश्व सम्मेलनमा यसपाली करिब ७०० भन्दा बढि सहभागीहरु ६० देशहरुबाट उपस्थित रहेका छन।
पछिल्ला बर्षहरुमा जस्तै यसपाली पनि नेपालले आफ्नो सहभागिता जनाएको छ। ७ देखि ११ अप्रिल सम्म सन्चालन हुने उक्त सम्मेलनमा बदलिदो स्थितिमा स्वास्थ्य प्रणालीमा रुपान्तरण, लैङगिक समता, विश्व शान्ती एवं सुसाशन लगाएतका विषयमा छलफल हुनेछ।
People’s Health Movement को चौथो विश्व सम्मेलन सन् २०१८ मा बाङ्लादेशमा सु-सम्पन्न भएको थियो।