ललितपुर, १२ माघ २०८२
लगनखेलस्थित रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् ।
स्कुल अफ मेडिसिनका नवनियुक्त डिन डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा र प्राध्यापकमा सक्रिय रहेका छन् ।
डा. प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् । डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।












