पाल्पा, १९ असार २०८२
जिल्ला अस्पताल पाल्पाको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल नियुक्त भएका छ्न।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पौडेललाई प्युठान अस्पतालबाट पाल्पा जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो। १८ महिना प्युठान अस्पतालमा काम गरेरका डा. पौडेलले ८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्ट पदमा रहेर अस्पतालमा उत्कृष्ट काम गर्नु भएको थियो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्धारा जनहितमा जारी सन्देश
सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रण तथा नियमनको लागि स्थानीय सरकारले गर्न सकिने मुख्य मुख्य कार्यहरुः
१. सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीसेवन गर्न नपाउने अत्यन्त जरुरी सूचना जारी गर्ने,
२. शैक्षिक संस्था, स्वास्थ्य संस्था, वालगृहको १०० मिटर वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण निषेध गर्ने,
३. कसैले पनि अर्को व्यक्तिको उपस्थितिमा निजी सवारी साधन र निजी घरमा धूम्रपान गर्न नपाउने जानकारी सबैलाई गराउने,
४. चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ र मदिरा १८ वर्ष भन्दा मुनिका बालबालिकालाई विक्री नगर्ने र उनीहरुलाई बिक्री गर्न नलगाउने,
५. हरेक सार्वजनिक स्थलमा व्यवस्थापक (कार्यालय प्रमुख वा प्रमुख) ले भवनको मुख्य प्रवेशद्वारमा कम्तीमा ३० से.मी. लम्बाइ र २० से.मी. चौडाइको सूचना टाँस गर्नु पर्ने साथै भवनको भित्रि द्वारमा कम्तीमा २० से.मी. लम्बाइ र १५ से.मी. चौडाइको सूचना टाँस गर्नु पर्ने,
६. सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्नको लागि सुर्तीजन्य पदार्थ विक्रीवितरण गर्न पाउने लाइसेन्स लिएकाहरुले मात्र विक्रीवितरण गर्ने व्यवस्था गर्ने,
७. कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पाउँदैनन् । यसो गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम दश हजार रुपैयाँ सम्म जरिवाना हुनेछ भनेर सबैलाई जानकारी गराउने,
८. कसैले पनि मदिराको होर्डिङ बोर्ड वा होटेल रेष्टुरेन्टको साइन बोर्डमा कुनै पनि मदिरा र वियरको फोटो राखी प्रचार प्रसार गर्न नपाइने भएकोले यदि यस प्रकारको विज्ञापन गरेको अवस्था छ भने जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार रोक लगाउने,
९. सुर्तीजन्य पदार्थ तथा मदिराको स्थानीय स्तरमा लगाउन सक्ने कर जस्तै व्यवसाय दर्ता तथा नवीकरणको लागि अन्य कर भन्दा धेरै लिने,
१०. मदिरा बिक्री वितरणको लागि निश्चित पसललाई मात्र लाइसेन्स दिने जथाभावी बिक्री वितरण गर्न नदिने,
११. मदिरा बिक्री वितरणको लागि निश्चित समय छुट्याउने,
१२. गर्भवती महिलालाई चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरा विक्री वितरण नगर्ने
१३. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ माघ १० को निर्णयअनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ दफा १२ (१) प्रमुख प्रशासकीय अधिकृतलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि निरीक्षक तोकिएको हुनाले सोही अनुसार कार्य गराउने,
१४. प्रभावकारी अनुगमन गर्ने ।