आज मिति : २०८२ भाद्र ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

ओम समाज डेण्टल अस्पताल तथा डेन्टल एशोसियशनको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवस २०७७ विभिन्न कार्यक्रम गरी सम्पन्न

सन्दर्भ: विश्व मुख स्वास्थ्य दिवस “आफ्नो मुखको गर्व गर्नुस” World Oral Health Day 2021

HNN Staff by HNN Staff
March 21, 2021
in News
A A
0
Program by Om Samaj Dental on the occasion of World Oral Health Day

Program by Om Samaj Dental on the occasion of World Oral Health Day

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ७ चैतः विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ ।

‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

Program by Om Samaj Dental on the occasion of World Oral Health Day
Program by Om Samaj Dental on the occasion of World Oral Health Day

सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताउनुभयो । उहाँले मुख स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

शिक्षामन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा घिमिरेको उदाहरणीय कामको प्रसंशा गर्नुभयो । चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको पनि उहाँले अस्पताललाई धन्यावाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकताअनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निक्र्योल गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । देशका सबै भेगका जनतालाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन आयोग लागिपर्ने उहाँले बताउनुभयो ।

सांसद नरोत्तम बैद्यले मुख स्वास्थ्यबारे समाजमा सचेतना अभिृद्धि गर्न र यसको सर्वसुलभ पहुँचका लागि सबै सरोकारवालो भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

हस्पिटलका अध्यक्ष समेत रहनुभएका वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरेले मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बतउनुभयो ।

डेन्टल एशोसियशनका अध्यक्ष प्रविन्द्र अधिकारीले सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा चार हजारभन्दा बढी दन्त चिकित्सक रहे पनि सरकारले दरबन्दी खडा गर्न नसक्दा दन्त चिकित्सकहरूले अवसर नपाएको बताउनुभयो ।

नगदसहित सम्मान–पत्रद्वारा सम्मान

चिकित्सकीय सेवामार्फत तथा पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन पुर्याएको योगदानको कदर गर्दै ओम समाज डेण्टल अस्पतालले सम्मान गरेको हो ।

नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा माणिकरत्न बज्राचार्य, वरिष्ठ चिकित्सक डा अनारकली पियालाई सम्मान गरिएको छ । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, सिबी अधिकारी, एलिशा ढुङ्गाना यशिमा महत, र कृष्ण न्यौपानेलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

निःशूल्क क्लिनिक उद्घाटन

वरिष्ठ दन्त चिकित्सक डा सुबास घिमिरेको माता पिताको स्मृतिमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ गरिएको छ । चाबहिलस्थित ओम समाज डेण्टल अस्पताल परिसरमा स्थापना गरिएको उक्त क्लिनिकको शिक्षामन्त्री श्रेष्ठले उद्घाटन गर्नुभयो । असहाय, गरिब तथा दुःखीलाई दाँतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिने अस्पतालका अध्यक्ष डा घिमिरेले बताउनुभयो । कार्यक्रममा निःशुल्क डेन्टल क्याप, स्कुले बालबालिकालाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षाबारे चेतनामूलक कार्यक्रम गरिएको थियो ।

दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व

Tags: Oral HealthWorld Oral Health Day
Nisarga hospital Dhangadhi
Previous Post

मेलानद्वारा सेवा निवृत स्वास्थ्य प्रयोगशाला कर्मीहरुको बिदाई एवं सम्मान

Next Post

धुलिखेल अस्पतालद्धारा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा “दन्त शिविर” सम्पन्न

Related articles

हेल्थ फाउन्डेसन नेपालको १३औँ वार्षिक सम्मेलन सम्पन्न
News

हेल्थ फाउन्डेसन नेपालको १३औँ वार्षिक सम्मेलन सम्पन्न

2 hours ago
779
नेपाल सरकारी चिकित्सक संघको वेबसाईट सञ्चालन
News

नेपाल सरकारी चिकित्सक संघको वेबसाईट सञ्चालन

24 hours ago
941
Health ministry
News

स्वास्थ्य मन्त्रालयले अब एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

1 day ago
819
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै
News

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै

2 days ago
782
कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

3 days ago
782
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

5 days ago
812
Next Post
Free Dental Camp during World Oral Health Day

धुलिखेल अस्पतालद्धारा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा “दन्त शिविर” सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,241)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...