Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमै पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

Nam Raj Bhatta by Nam Raj Bhatta
October 20, 2024
in News
Reading Time: 1 min read
A A
0
यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ कात्तिक २०८१

नेपालमै पहिलो पटक नर्भिक अस्पतालमा  ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा.शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिना (बड चियारी सिन्ड्रोम) को सफल उपचार गरेको हो । यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ ।

एक वर्षअघि तिम्सिनालाई पोर्चुगलमा काम गरिरहेका बेला बड चियारी सिन्ड्रोम भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो ।

नेपाल फर्केपछि तिम्सिनालाई नर्भिक अस्पतालका डा. पौडेल र उनको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स र डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट) मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो ।

डा. पौडेलको नेतृत्वमा डा. अरुण महतो, डा. गणेश देवकोटा र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका डा. शहनबाज बासिरको मार्गदर्शनमा यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

तिम्सिना हालै सफल उपचारपछि घर फर्किसकेका छन् । यो उपचारले नेपालमै जटिल कलेजो रोगहरुको उपचार सम्भव भएको देखाएको छ । बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरुमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ । धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ ।

टिप्स अथात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ । यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिँदैन, जसका कारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन ।

नर्भिक अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकमार्फत् विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यही क्रममा पछिल्लोपटक कलेजोको बड चियारी सिन्ड्रोमको सफल उपचार गरिएको हो।

Tags: Dr. Shekhar PaudelNorvic International Hospital
SummarizeShare234ScanTweet147

Related articles

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.