आज मिति : २०८२ जेष्ठ २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सरकारले फागुन महिना भर नसर्ने रोगहरुको पहिचानका लागि अभियान सुरु गर्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 12, 2025
in News
A A
0
Health ministry

Health ministry

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ३० माघ २०८१

फागुन महिनाभर सरकारले नसर्ने रोगहरुको पहिचानका लागि अभियान- २०८१ सुरु गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगुवाईमा हुन लागेको अभियानमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग परीक्षण गरिनेछ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले यो अभियानमा देशभर बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरुको मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्वन्धि रोग एवं शरीरको उचाई र तौलको अनुपात (बीएमआई) पत्ता लगाई सम्भावित जोखिम घटाउने उदेश्य रहेको बताए।

यसैगरी अभियान सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै: मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने कार्यक्रम समेत अघि बढाईने उल्लेख छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उपचारात्मक सेवामा सुधारसंगै निरोधात्मक विधि प्रर्वद्धर्न गर्ने नीति अघि सार्दै नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान – २०८१ संचालन गर्ने निर्णय गरेका थिए ।

“नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका – २०८१” अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना भर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समुहका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत क्रियाकलापहरु सबै प्रदेश र स्थानीय तह मार्फत अघि बढाउने निर्णय भएको थियो ।

नेपालको संविधानको धारा ३५ मा राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सम्बन्धमा हरेक नेपाली नागरिकलाई समान हक, दायित्व बोध गराएको अवस्था छ। जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाईमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरू, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरू र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाइ उच्च प्राथमिकतामा राखेको छ ।

नेपालमा पनि नसर्ने रोगहरुको कारण बिरामी हुने एबम मृत्यु हुनेहरुको अनुपात बढ्दै गैरहेको छ। बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसंख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणहरुले नसर्ने रोगको सस्मया नेपालमा झनै बढ्दो क्रममा रहेको छ। यस्ता अवस्थाले विशेष गरी न्यून / मध्यम आय भएका देशहरू जहाँ रोकथाम, निदान, र उपचारका लागि स्रोतहरू प्रायस् सीमित भएको कारणले जन स्वास्थ्य चुनौती सिर्जना गरेको बताएको छ ।

नेपाल सरकारले नसर्ने रोग सम्बन्धि जनचेतनाका कार्यक्रमका साथै अन्य विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ।

सोही अभियान अन्तर्गत नसर्ने रोगहरूको नियन्त्रणका लागि नेपालमा सन् २०१६ देखि प्याकेज अफ इसेन्सियल नन् कम्युनिकेवल डिजिज (पेन) कार्यान्वयनमा आएको छ । यसमा नसर्ने रोगका कारणले हुने तर रोक्न सकिने स्वास्थ्य समस्या, अपाङ्गता तथा अकाल मृत्यु न्यूनिकरण गर्ने उद्धेश्यले नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१-२०२५ मा आधारित रहेर पेन प्याकेजको विकास गरिएको हो ।

नसर्ने रोगहरुको बढ्दो भारलाइ मध्यनजर गर्दै सामुदायिक सहभागिता सहित अभियानको रुपमा स्थानीय तहबाटै स्वास्थ्य प्रबर्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आबश्यक रहेको इडिसिडीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

Tags: EDCDNon communicable Disease
Nisarga hospital Dhangadhi
Previous Post

पाठेघरको मुखको क्यान्सरविरूद्ध १० लाख बढी किशोरीले लगाए एचपीभी खोप

Next Post

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मुटुको इको सेवा सुरु

Related articles

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित
News

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

8 hours ago
798
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

2 days ago
785
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

2 days ago
817
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

4 days ago
817
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

4 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

5 days ago
873
Next Post
Teku hospital

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मुटुको इको सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,056)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.