काठमाडौं, ०१ भाद्र २०८२
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं युनिटले NMSRA को ५६औं स्थापना दिवसको अवसरमा आयोजना गरेको १०औं काठमाडौं फूटसल कप सम्पन्न भएको छ।
बिहिवार र शनिबार दुई दिन चलेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। फाइनलमा एशियन फार्मास्युटिकल्सले एनालियालाई पराजित गर्दै उपाधि हात पारेको छ। विजेता टिमले नगद रु. ३० हजारसहित ट्रफि र मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता एनालियाले रु. २० हजारसहित ट्रफि र मेडल र प्रमाणपत्रमा सीमित रह्यो। व्यक्तिगत विधामा निजिक श्रेष्ठ उत्कृष्ट गोलरक्षक, दिनेश बोहरा उत्कृष्ट खेलाडी, भोला गुरुङ उत्कृष्ट डिफेन्डर र मनीष बासी सर्वाधिक गोलकर्ता बने।
समापन कार्यक्रममा प्रमुख अतिथि खेलकुद मन्त्री तेजुलाल चौधरी, विशिष्ट अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र संघका केन्द्रीय अध्यक्ष श्याम मण्डल उपस्थित रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारी, Appon मार्केटिङ् सर्कल प्रमुख दिपेश प्रधान, PDAN का केन्द्रीय अध्यक्ष गणेश नेपाल, चन्द्रागिरी वडा नं. ९ का अध्यक्ष अच्युत अधिकारी, वडा नं. ८ का अध्यक्ष प्रलाद रिजाल, वडा नं. १५ का अध्यक्ष घनश्याम लुइटेल, वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण खत्री, पूर्व केन्द्रीय कोषाध्यक्ष रुक्मणी शर्मा र समाजसेवी धर्मानन्द श्रेष्ठ लगायतका अतिथिहरूले उपस्थिति रहेको थियो ।
सो अवसरमा संघका सदस्य बादल अधिकारी, मनोज शाह र विमल चौधरीलाई म्यानेजरको भूमिकामा सम्मानपत्र प्रदान गरिएको थियो।
संघका काठमाडौं अध्यक्ष कोषराज अवस्थीले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टोली, खेलाडी, व्यवस्थापक, अतिथि र महानुभावलाई धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिले आपसी एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।