काठमाडौं, ३१ काठमाडौं २०७८
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईले आफ्नो ५२ औं स्थापना दिवस (NMSRA DAY) को अवसरमा स्वास्थ्य सामग्री बितरण तथा सचेतनामुलक कार्यक्रम गरेर मनाएको छ।
राजधानीमा शनिबार भएको कार्यक्रममा काठमाण्डौं इकाईका अध्यक्ष श्री सुरेन्द्र प्रसाद ढकालको अध्यक्षता, केन्द्रिय अध्यक्ष श्री अनिल दाहालको प्रमुख आतिथ्यमा साथै केन्द्रिय कोषाध्यक्ष श्री श्याम मण्डल र काठमाण्डौं इकाईका सल्लाहकार श्री मुकेश दाहालको आतिथ्यमा काठमाण्डौं इकाईका सम्पूर्ण कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो।
संस्थाको कार्यालय बागबजार बाट सुरु गरिएको सचेतनामुलक कार्यक्रम उपत्यकाको रिङ्ग रोड क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरु तथा सर्वसाधारणलाई स्वास्थ्य सामग्री वितरण गरिएको काठमाडौं इकाईका सचिव दिनेश रिजालले जानकारी दिनुभयो।
कोभिडको जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न शीर्षकका पर्चा पम्लेटको माध्यमवाट सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको रिजालले बताए।