कैलाली, २६ माघ २०८१
धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तीर्थराज पन्त सम्मानित भएका छन्।
नेपाली काँग्रेस कैलालीको दोस्रो सम्मेलनमा नेपाली काँग्रेसमा आबद्ध सदस्यहरु र आम विपन्न वर्गहरू तथा गरिब नागरिकहरूको लागि योगदान दिएको भन्दै पन्तलाई सम्मान गरिएको हो।
परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पन्तलाई सम्मान गरेकी हुन्। उक्त सम्मानले निसर्ग अस्पताललाई थप गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने चुनौती थपिएको बताउँदै अस्पतालका अध्यक्ष पन्तले छिटो सरितो रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
सेवा विस्तार र प्रविधिमा नवीनता ल्याउँदै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
हस्पिटलमा दक्ष चिकित्सकहरूको टोली, परिष्कृत मेडिकल उपकरण र अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य सुविधाहरू उपलब्ध छन। सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल सर्जरीसम्मका सेवामा निसर्गले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेको छ।
निसर्ग हस्पिटलले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नेपाल मात्रै नभएर भारतका सीमावर्ती क्षेत्र जस्तै उत्तराखण्डको बनबसा, खटीमा, लखिमपुर, पलिया, बनगाउँ, गौरीफन्टाका नागरिकहरू पनि आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि निसर्ग हस्पिटलमा भरोसा राख्दै आएका छन्।
छिमेकी भारतबाट पनि उपचारका लागि बिरामी आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ। सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको सीमितताका कारण भारतीय नागरिकहरूले निसर्गलाई भरोसायोग्य गन्तव्य बनाएका छन्। निसर्ग हस्पिटलले आफ्नो सेवा र व्यवस्थापनले नेपाल–भारतबिचको स्वास्थ्य सम्बन्धलाई थप सुदृढ बनाएको छ।