धनगढी, ३० कात्तिक २०८१
दार्चुलाको शैल्यशिखर नगरपालिका-६, बकजेबलामा म.१ज ३३८ नम्बरको यात्रुवाहक जिप शुक्रबार बिहान ४ बजे दुर्घटना हुँदा घाइते भएका ५ जनाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धनगढीस्थित निसर्ग हस्पिटलमा ल्याइएको छ ।
दुर्घटनामा परी घाइते भएका विरामीहरुको सम्बन्धित विभागका विशेषज्ञ चिकित्सकको टोलीले चेकजाँच गरिरहेको हस्पिटलका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारीले जानकारी दिनुभयो।
मालिकार्जुन गा.पा. ८ दार्चुलाका चालक वर्ष ३२ का सुनिल जोशीको दायाँपट्टीको टाउकोको अघिल्लो भागको दिमागमा भित्री रगत जमेको र देब्रेपट्टीको तल्लो जब्रा भाँचिएकोले उपचार भइरहेको छ ।
डिलासैनी गाउँपालिका ४ बैतडीका २६ वर्षका उत्तम रोकायाको कानमा र मुखभित्र सामान्य SARGA चोट लागेकोले उपचार भइरहेको छ ।
शैल्यशिखर नगरपालिका ५ दार्चुलाका वर्ष ७ का सन्दिप रावलको दायाँ काँधको हड्डी भाँचिएको र टाउकोमा समान्य चोट लागेकोले उपचार भइरहेको छ ।
शैल्यशिखर न.पा.५ दार्चुलाका वर्ष २३ का प्रकाशसिंह डाँगाको टाउकोमा सामान्य चोट लागेकोले उपचार भइरहेको छ ।
त्यस्तैगरी भारतको पिलिभितका वर्ष २३ का सोहित शाहको कम्मरको हड्डी भाँचिएकोले थप उपचार भईरहेको डा. अन्सारीले जानकारी दिनु भयो।