मोरङ्ग, ०६ भाद्र २०८२
नेपालकै पहिलो भरपर्दो र स्थापित नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगर नगरपालिका वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि बीच सेवासम्बन्धी भएको छ ।
नेपाल बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो
सो सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारीहरु र ग्राहक वर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा अवस्था हेरी ५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यहीँ भाद्र २ गते बैंक र अस्पताल प्रा.लि.बीच भएको सो सम्झौतापत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्य प्रकाश भट्ट र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.को तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराईले संयुक्त हस्ताक्षेर गर्नुभएको थियो ।
नेपाल बैंक लिमिटेड पुरानो र भरपर्दो भएकाले देशका सुगमदेखि दूर्गम जिल्ला, क्षेत्र र स्थानीय तहसम्म शाखा सञ्चाल फैलिएको छ । पुरानो, भरपर्दो र गुणस्तरीय सेवाप्रवाहका कारण ग्राहक वर्गमा नेपाल बैंकको आकर्षण बढ्दो छ ।