Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2025
in News
A A
0
नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ असार २०८२

देशभरिका पशु चिकित्सकहरूको पेशागत छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसन (NVA) को ५८औं स्थापना दिवस मिति २०८२/३/११ गते देशव्यापी रूपमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ।

एशोसिएसनको केन्द्रिय कार्यसमितिले काठमाडौंमा बृहत रक्तदान कार्यक्रम तथा “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था र सम्भावनाहरू” विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो।

यस्तै, सातवटै प्रादेशिक समितिहरूले निःशुल्क पशु स्वास्थ्य उपचार शिविर, खोप कार्यक्रम, तालिम तथा टक प्रोग्राम, सचेतनामूलक गोष्ठी, रक्तदान, लगायतका विविध रचनात्मक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन्।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्ष डा. नरेन्द्र बहादुर सिंह प्रमुख अतिथि रहनु भएको थियो भने डा. केदार सुबेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।IMG 20250626 WA0007

कार्यक्रममा पूर्व अध्यक्षहरू डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटा, डा. बज्र किशोर प्रसाद शाह, डा. बिमल कुमार निर्मल, डा. सितलकाजी श्रेष्ठ, डा. रामकृष्ण खतिवडा लगायत वरिष्ठ भेटेरिनरी चिकित्सकहरू तथा विभिन्न क्षेत्रमा कार्यरत अनुभवी चिकित्सकहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा करिब २ सय जनाको सहभागीता रहेकोे थिए।
पूर्व अध्यक्ष एवं पशु सेवा विभागका पूर्व महानिर्देशक डा. बिमल कुमार निर्मलले “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था, सम्भावनाहरू र एशोसिएसनको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।IMG 20250626 WA0006

यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. आइ. पी. ढकालले “नेपालमा भेटेरिनरी शिक्षा: वर्तमान अवस्था र अबको बाटो” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

डा. भोला मेहर श्रेष्ठ, डा. बज्र किशोर प्रसाद शाह र डा. रामकृष्ण खतिवडा सम्मिलित प्यानल छलफलको सञ्चालन प्रधान सम्पादक डा. हिमाल लुइँटेलले गर्नुभएको थियो। वक्ताहरूले संघीयता पछि देखिएको समन्वय अभाव, प्रतिजैविक प्रतिरोध, जोनोसिस, ‘वन हेल्थ’ अवधारणा, भेटेरिनरी विश्वविद्यालयको आवश्यकता लगायतका समसामयिक चुनौतीहरूमा एशोसिएसनले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

रक्तदान कार्यक्रममा अध्यक्ष डा. केदार सुबेदी, पूर्व अध्यक्ष डा. सितलकाजी श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहित ४० जनाले रक्तदान गर्नुभएको थियो। साथै, देशभर सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य उपचार तथा खोप कार्यक्रमबाट हजारौँ पशु–पन्छीहरूलाई सेवा प्रदान गरिएको छ।

कार्यक्रम समापनमा अध्यक्ष डा. सुबेदीले देशभर भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव र सन्देशहरूलाई विश्लेषण गरी नेपाल सरकार तथा सम्बन्धित निकायहरूसमक्ष प्रस्तुत गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।IMG 20250626 WA0005

महासचिव डा. न्यौपानेले पूर्व अध्यक्षहरू डा. नरेन्द्र बहादुर सिंह, डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटालगायत सम्मानित व्यक्तित्वहरूको प्रेरणादायी योगदान, अग्रजहरूको समर्पण, नयाँ पुस्ताको उत्साह र जोश, साथै केन्द्रिय एवं प्रादेशिक कार्यसमितिहरूको सक्रियताले संस्थालाई थप सशक्त र गतिशील बनाएको उल्लेख गर्नुभयो।

देशव्यापी रूपमा सम्पन्न कार्यक्रमहरूको सफल आयोजनामा सहयोग पुर्‍याउने सम्पूर्ण भेटेरिनरी चिकित्सकहरू, शैक्षिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति एशोसिएसनले हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रम सञ्चालन महासचिव डा. शंकर न्यौपानेले गर्नुभएको थियो।

Tags: Dr. Kedar SubediNepal veterinary association
Nisarga hospital Dhangadhi
Previous Post

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

Next Post

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

Related articles

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
News

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

3 minutes ago
776
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

2 hours ago
831
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

11 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

23 hours ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

1 day ago
838
Next Post
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,099)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...