काठमाडौं , ९ जेठ २०७८
नेपाल टेलिकमले कोभिड १९ बिरुद्धको अग्रमोर्चामा खटिएका सबै स्वास्थ्यकर्मीहरुलाई एक महिनाको लागि निशुल्क अनलिमिडेट भ्वाइस प्याकको व्यवस्था गराउने भएको छ ।
‘थ्याङ्क्यु हेल्थकेयर वर्कर’ नाम दिइएको यो सुविधा चिकित्सक, नर्स, प्यारामेडिक्स, आयुर्वेदकर्मी, फार्मासिस्ट आदी सबैले पाउने छन् ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ्ग परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखहरुले सो सुविधा सम्वन्धी सम्झौँतामा हस्ताक्षर गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनालले टेलिकमबाट सबै किसिमका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि नि:शुल्क अनलिमिडेट भ्वाइस प्याक दिने निर्णय भएको बताए ।
सम्झौँतामा टेलिकमको नम्बर आफ्नै नाममा दर्ता भएको हुनुपर्ने बताइएको छ । नम्बर नहुनेले त्यहि लिंकमा गएर नयाँ नम्बर लिनका लागि आवेदन गर्ने र सुविधा लिन सकिने बताए ।
आवेदन दिन चाहानेले यो फर्ममा क्लिक गरेर भर्न सक्नुहुनेछ ।
















Comments 3