काठमाडौं, ११ मंसिर २०८१
काठमाडौंको एभरेष्ट हिटेलमा फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजनको २४औं शिखर सम्मेलन सुरू भएको छ।
यो स्वास्थ्य क्षेत्रको अनुसन्धान आचारसंसिहतासँग सम्बन्धित पहिलोपटक नेपालमा गरेको अन्तर्राष्ट्रिय सम्मेलन हो।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धानलाई प्रोत्साहन गर्ने बताउनु भयो।
मंसिर ९ देखि १२ गते (चार दिन) सम्म चल्ने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अनुसन्धाता, नीति निर्माता, प्राज्ञ तथा शोधार्थीहरुको उपस्थिति रहेको आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जानकारी दिनुभयो।
सम्मेलनमा अन्तर्राष्ट्रिय एब्सट्रयाक सेलेक्शन कमिटिले तय गरेको मापदण्डको आधारमा अनुसन्धान आचारसंहितासँग सम्बन्धित प्राप्त तीन सय वटा एब्सट्रयाक्टमध्ये ९० वटा मौखिक र १३ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनोट गरिएको आयोजकले जनाएको छ। जसमध्ये ६१ वटा अन्तर्राष्ट्रिय र २९ वटा नेपालका अनुसन्धाता तथा विज्ञहरुले प्रस्तुति गर्ने परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले बताए।
परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले सम्मेलनमा ६ सय भन्दा बढीको सहभागिता रहेको बताउनु भयो। भौतिक रुपमा मात्रै हैन भर्चुअल रुपमा समेत अनुसन्धान पत्रको प्रस्तुतीकरण भइरहेको डा. धिमालले बताउनुभयो ।