आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन

HNN Staff by HNN Staff
August 15, 2020
in News
A A
0
NRCS commitee 2077
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ३० श्रावण २०७७ ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७७ साउन १२ गतेको निर्णयानुसार समाजकल्याण ऐन, २०४९ को दफा २० को उपदफा (२) बमोजिम यस नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरी जिम्मेवारी प्रदान गरिएकोमा नेपाल सरकारलाई हार्दिक धन्यबाद दिन्छौँ ।

यो तदर्थ समिति सरकारले दिएको जिम्मेवारी पूरा गर्न र संस्थाका गतिविधिमा पारदर्शिता, जवाफदेहिता, सहभागिता, स्वयंसेवी भावना तथा व्यवहारलाई सुनिश्चित गर्दै संस्थाको सुशासनलाई प्रबर्धन गर्न प्रतिबद्धता ब्यक्त गर्दछ ।

संस्थाको बैधानिकता कायम राखिरहन दर्ता नवीकरण, मौजुदा विधानमा सुधार, रेडक्रस कानुन निर्माण तथा बैधानिक निर्वाचन हाम्रा उच्च प्राथमिकता हुन् ।

गठन भएको पहिलो १५ दिनमा यस समितिले दुई पटक वैठक गरी उच्च प्राथमिकता क्षेत्रमा तत्कालै कार्य सुरु गर्न संस्थाका अध्यक्ष, पदाधिकारी र सदस्यहरुमाझ जिम्मेवारी बाँडफाड गरिएको छ ।यसका साथै, संस्थाको दीर्घकालीन सुधार सुरु गर्न गत साउन २५ र २६ गते बसेको यस समितिको पूर्ण बैठकमा संस्थाको सेवा, कार्यक्रम तथा समग्र अवस्था लगायतका विषयमा गम्भीर समीक्षा गरी सुधारात्मक कदमहरू साथसाथै लैजाने मार्गचित्रको मस्यौदा कोरिएकोे जानकारी गराउँदछौँ ।

यस मार्गचित्रबमोजिम आँखा अस्पतालहरु, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, विपद प्रतिकार्यका साथै राहत सामग्रीको भण्डारण र वितरणका क्षेत्रमा ठोस सुधारात्मक कदमहरु चालिने छन् । आर्थिक मितव्यिता, स्रोत साधनको समुचित प्रयोग, सम्पत्तिहरुको अभिलेखन, सुरक्षा र परिचालन, जनशक्तिको उचित व्यवस्थापन, संस्थागत संरचनाको पुनराबलोकन, विकास योजना निर्माणका साथै नेपाल सरकार, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, विभिन्न अध्ययन टोली तथा लेखापरीक्षकहरुबाट अध्ययन पश्चात दिइएका सुझावहरुको समीक्षा र कार्यान्वयनजस्ता विषयहरु पनि मार्गचित्रमा समावेश गरी अघि वढ्ने निर्णय गरिएको छ ।

हाम्रा यी प्रतिबद्धताहरु नेपाल रेडक्रसले विगतका विपद्हरूको अवस्था, द्वन्द्व र आन्तरिक संघर्षको समयमा गरेको सेवाबाट प्राप्त गरेको साखलाई कायम गर्न, नेपाल रेडक्रसको स्वयंसेवी पहिचानलाई स्थापित गर्न, पारदर्शिता र सुशासनको प्रत्याभूति दिन तथा मानवीय सेवाको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझेदारीलाई बढाउनेतर्फ सहयोगी हुनेछन् ।

प्राथमिकता क्षेत्रमा परेका विषयहरूमा समय तोकेरै आगामी ३ महिनाको लागि विस्तृत कार्ययोजना बनाउन र रेडक्रसका सबै निकाय तथा रेडक्रसप्रेमी आम समुदाय समक्ष सार्वजनिक गर्न अपरिहार्य रहेको हामीले महसुस गरेका छौँ । यसका लागि विभिन्न क्षेत्रको थप अध्ययन गर्न ९ (नौ) वटा कार्यदलहरू बनाइएको छ ।

बन्दाबन्दीको परिस्थितिमा पनि यथासम्भव भौतिक वा विद्युतीय सञ्जालको सहयोगमा छलफल तीब्र बनाइने छ र तोकिएको समयभित्र स्पष्ट नतीजा आउने गरी कार्य अगाडि बढाइने छ ।

अन्त्यमा, संस्थाको समग्र सेवा, आर्थिक, प्रशासनिक र वैधानिक अवस्थाबारे आम जनसमुदायमा जानकारी गराउने उद्देश्यले आगामी केही दिन भित्रै श्वेतपत्र सार्वजनिक गरिने जानकारी गराउँदै मानवीय क्षेत्रमा सरकारको सहयोगी भूमिकामा रही अगाडि बढ्न लागेको हाम्रो प्रयासमा नेपाल सरकार, आम नेपाली, दाता, साझेदार निकाय, सञ्चार जगत, रेडक्रस अभियानका अङ्गहरुलगायत सबै पक्षको सहयोग हुने विश्वास पनि व्यक्त गर्दछौँ ।

Tags: Red Cross
Nisarga hospital Dhangadhi
Previous Post

चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै #Covid19

Next Post

Press release: Nepal Red Cross Society forms a central ad-hoc executive committee for 2020

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

4 hours ago
777
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

6 hours ago
800
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

20 hours ago
1.9k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

1 day ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
847
Next Post
NRCS commitee 2077

Press release: Nepal Red Cross Society forms a central ad-hoc executive committee for 2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.