रेडियोलोजीष्ट क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘र्याडकन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो।
नेपालसहित बिमस्टेक राष्ट्रका ४०० भन्दा बढी रेडियोलोजी विज्ञ, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको यस सम्मेलनले क्षेत्रीयस्तरमा रेडियोलोजीको विकास र सहकार्यका लागि नयाँ ढोका खोलेको नेपाल रेडियोलोजीष्ट एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीले बताए। सम्मेलनमा सहभागीहरूले रेडियोलोजी क्षेत्रमा भित्रिएका नवीन प्रविधि, चुनौती र अवसरका बारेमा घनीभूत छलफल गरेको डा. कार्कीले बताउनुभयो।
उक्त सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त वक्ताहरूले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै नवीनतम ज्ञान र अनुभव साटासाट गरेका थिए। कार्यक्रमले सीमापार रेडियोलोजी सेवामा उत्कृष्टता, नवप्रवर्तन र आपसी समन्वयलाई सुदृढ बनाउने लक्ष्य राखेको आयोजक नेपाल रेडिलोजिस्ट एसोसिएसनका महासचिव डा. सरोज राज केसीले जानकारी दिनुभयो।
कार्यक्रमलाई विभिन्न रेडियोलोजीसँग सहयोगी संस्थाहरूले समेत प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए।
होटल रोयल टुलिपमा भएको सम्मेलनको औपचारिक उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए।







