काठमाडौं, १२ जेठ २०८१
नेपाल जनस्वास्थ्य संघ (नेफा) केन्द्रिय समितिले आयोजना गरेको केन्द्रिय संचालक समितिको कार्यशाला गोष्ठी तथा निबर्तमान कार्यसमितिलाई धन्यवाद तथा सम्मान कार्यक्रम केन्द्रिय अध्यक्ष श्री कृष्णमान शाक्यको अध्यक्षतामा शनिबार राष्ट्रिय तालिम केन्द्र टेकुमा सम्पन्न भएको छ।
कार्यशाला गोष्ठीमा नयाँ कार्यसमितिलाई नेफाको बिधान, बैठक सन्चालन विधि, लक्ष्य, सस्थगत सुशासन र जवाफदेहिता, कार्यसमितिको दाहित्व, कर्मचारी तथा आर्थिक नियमावली र भावि कार्ययोजनाको बारेमा छलफल भएको छ।
कार्यक्रममा नेफाका पुर्ब अध्यक्ष प्रा. डा. मुनिराज क्षेत्री, पर्शुराम श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा निबर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सन्चालन महासचिव कैलाश खाकी श्रेष्ठले गरेका थिए ।
Comments 1