काठमाडौं, ३० फागुन २०८०
नेपाल फार्मेसी काउन्सिलको रजिष्ट्रारमा पुनः दोस्रोपटक सञ्जीव पाण्डेय नियुक्त भएका छन्।
मन्त्रिपरिषदको फागुन २४ गतेको बैठकले पाण्डेयलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।
पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन्। यसअघि पनि उनी रजिष्ट्रार थिए। उनको चार वर्षे पदावधि सकिएपछि केही साताअघि मात्र उक्त पद रिक्त भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको उक्त पदमा पुन: पाण्डेयलाई नै नियुक्त गर्न प्रस्ताव पठाएको थियो। मन्त्रालयको प्रस्ताव अनुसार नै मन्त्रिपरिषदले पाण्डेयलाई चार वर्षका लागि रजिष्ट्रारमा नियुक्त गरेको हो।