सिरहा, ०४ माघ २०८२
मधेस प्रदेश कार्यसमिति अन्तर्गत नेपाल फार्मेसी संघ, सिरहा जिल्ला शाखाको अध्यक्षमा डा. आर्यन साह सर्वसम्मत चयन भएका छ्न।
सिरहाको गोलबजारमा भएको सम्पन्न भेला बाट डा. साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
शाखाको उपाध्यक्षमा तजेन्द्र कुमार साह, महासचिवमा डा. टंक प्रसाद यादव, सचिवमा मो. अब्दुल्लाह नसर, कोषाध्यक्षमा सञ्जय कुमार सिंह चयन भएका छ्न।
यस्तैगरी सदस्यहरुमा सुरेन्द्र कुमार महसेठ, महेश कुमार यादव, मो. अजमत खान, जितेन्द्र कुमार सिंह, अमेश कुमार यादव चयन भएका छ्न।
सुजित कुमार झाको प्रमुख अतिथिमा र मुकेश साहको विशेष अथितिमा कार्यक्रम शुरु भएको थियो।
नवगठित कार्यसमितिले सिरहामा फार्मेसी पेशाको संरक्षण, सेवा गुणस्तर अभिवृद्धि तथा पेशागत हकहितका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।













