काठमाडौं, १० मंसिर २०८२
नेपाल औषधि उत्पादन संघ (एपोन) को १० औं नेपाल फर्मा एक्स्पोका लागि ६० प्रतिशत स्टल बुकिङ भएको छ ।
राजधानीको भृकुटीमण्डपमा आगामी फागुन २८ देखि ३० गतेसम्म हुने एक्स्पोका लागि ६० प्रतिशत स्टल बुकिङ भएको एपोनका अध्यक्ष बिप्लब अधिकारीले जानकारी दिनुभयो ।
फर्मा एक्स्पो हरेक दुई दुई बर्षमा आयोजना हुदै आएको छ। औषधि उद्योगका उत्पादक, चिकित्सक, अनुसन्धानकर्ता, फार्मेसिष्ट र व्यवसायीलाई एकै ठाउँमा ल्याई नेपाली औषधिबारे जानकारी गराउने उद्देश्य रहेको अधिकारीले बताए।
अधिकारीका अनुसार एक्स्पोमा १९९ स्टल राखिने छन्। यसअघि चितवनको भरतपुरमा हुँदै आएको एक्स्पो यसपटक भने काठमाडौँमा आयोजना गरिएको छ।












