काठमाडौं, ७ फागुन २०८०
नवौँ नेपाल फर्मा एक्स्पो २०२४’ को लागि सबै स्टल बुकिङ भएका छन् ।
नेपाल औषधी उत्पादक संघको आयोजनामा फागुन २५ देखि २७ गतेसम्म चितवनमा फर्मा एक्स्पो हुँदैछ ।
संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तोकिएका सबै स्टल बुकिङ भएको जानकारी दिनुभयो । बरालका अनुसार अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् ।
बरालले नेपाली औषधीको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि नवौँ नेपाल फर्मा एक्पो आयोजना गरिएको बताए ।
नवौँ एक्पोको नारा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने भन्ने तोकिएको छ ।
अहिलेसम्म नेपाली उद्योगले २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनीले ५० वटा स्टल बुकिङ गरेका छन् ।
औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल पनि रहनेछन् । औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब) का स्टल रहेको बताए ।
यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुइ (फ्लोर), सिलिङ, बिजुली पानी, हावासँग सम्बन्धित स्टल पनि बुकिङ भएका छन्।
एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सबै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका स्टल राखिने उपाध्यक्ष बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले स्टलको डिजाइनको काम भइरहेको छ ।
एक्स्पोका लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि आउन थालेको छ । प्रत्येक दुई–दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ।